बैशाख २४, २०८२ बुधबार

एक दशकदेखि कुकुरको सेवामा बिर्तामोडकी रेखा

बिर्तामोड । झापा बिर्तामोड–४ कि रेखा बाँस्तोलाको दैनिकी अन्य मान्छेहरुको भन्दा विल्कुल फरक छ । पेशा, व्यवसाय, मजदुरी, अध्ययन गर्नेहरुभन्दा फरक जीवन बाँचिरहेकी रेखाको दैनिकी सधैं सामुदायिक कुकुरहरुसँग वित्ने गरेको छ । सामुदायिक कुकुरहरुको खानपान र सामान्य उपचार गर्दागर्दै उनको १० वर्ष वितेको छ ।

मंगलवार मेडिका हस्पिटल नजिकै कुकुरका बच्चाहरुलाई खाना खुवाएर फर्किदै गर्दा भेटिएकी उनलाई अर्को ठाउँमा खाना लिएर जाने हतारो थियो । गोमेन्द्र कलेज नजिकै घर भएकी बाँस्तोला वैदेशिक रोजगारबाट फर्किएपछि निरन्तर सामुदायिक कुकुरको सेवामा क्रियाशिल छन् ।

नर्वे बसेर फर्किए पछि उनले एउटा जापानिज कुकुर पाल्न घरमा राखेकी थिइन् । सोही बेलादेखि कुकुरको सेवामा लागेकी उनलाई अहिले पनि फुर्सद मिलेको छैन । उनले भनिन्, भोको प्राणीलाई सेवा गरेकी हुँ । मैले आफ्नो निजी खर्चमा कुकुरको हेरचाह गरिरहेको छु । करिव दैनिक ५० वटा कुकुरको खानपान र रेखदेखमा क्रियाशिल बाँस्तोलाले विहानदेखि बेलुकासम्म कुकुरकै सेवामा वित्ने गरेको सुनाइन् । घरमा मात्रै ८ वटा कुकुर राखेको छु, उनले भनिन्, बाटोमा विरामी भएका कुकुरहरु पनि घर ल्याएर उपचार गर्दै हेरचाह गरिरहेको छु । मनले मान्दैन, विरामी कुकुर देखेभने उपचार नगरी छोड्न सक्दिन, उनले थपिन् – दैनिक ३ केजी कुकुराको खुट्टा खुवाउनुपर्छ । ५० केजी खुँदीको भातले हप्तादिन पुराउछु ।

स्कुटीमा हिड्ने बाँस्तोलले हरपल विस्कुटको काटुन बोकेर हिड्ने गरेकी छन् । कहिकतै व्यक्तिगत कामले हिड्दा बाटोमा भोकाएको कुकुर देखिन भने विस्कुट दिने गरेकी छन् । बाटोमा गाडीले ठक्कर दिने, तातोपानी खनाइदिने, कुट्ने जस्ता काम हुने गरेको भन्दै उनले कुकुरलाई सकेको खानदिएर सहयोग गर्नुपर्ने बताइन् । मैले कुकुरलाई हेरचाह गरेको देखेर अमेरिका, युके, दुवई, काठमाडौंबाट पनि सहयोग आउने गरेको छ । मनकारीहरुले बेलाबेला सहयोग गर्नुहुन्छ । म उहाँहरुलाई धन्यवाद दिन्छु, खुशीले सहयोग गर्न सक्नुहुन्छ, उनले भनिन्, मैले आफ्नै मेहनतबाट कुकुरको हेरचाह गर्छु भनेर यो काम थालेको हुँ ।

एउटै कुकुरको उपचारमा २० देखि २२ हजार रुपैयाँसम्म खर्च गरेको उनले सुनाइन् । धेरैजसो कुकुरहरुको उपचारमा समस्या हुन्छ । अहिले पनि घरमा केहि कुकुरहरुको उपचार चलिरहेको उनले सुनाइन् ।

सकुन्जेल कुकुरको उपचार र खानपानमा सहयोग गर्ने योजना बनाएकी उनलाई बुबाले धेरै दुख नगर्न सुझाव दिएका छन् । उनले भनिन्, बुबाले धेरै दुख नगर भन्नुहुन्छ, तर मनले मान्दैमान्दैन ।

प्रकाशित मिति : फाल्गुन १०, २०७९ बुधबार  ८ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]