बैशाख २७, २०८२ शनिबार

भोलीबाट सुरु हुँदै प्रथम मेचीनगर स्तरीय स्कुल नाट्य उत्सव

काँकरभिट्टा । मेचीनगर ६ काँकरभिट्टामा अवस्थित परिर्वन थिएटरले आयोजना गर्ने ‘प्रथम मेचीनगर स्तरीय स्कुल नाट्य उत्सव’ भोलीबाट सुरु हुने भएको छ । उक्त उत्सव फागुन १४ देखि १६ सम्म काँकरभिट्टामा संचालन हुने भएको हो ।

शनिबार परिवर्तन थिएटरमा पत्रकार सम्मेलन गर्दे संस्थाको संस्थापक अध्यक्ष तथा नाट्यकला संयोजक कविता नेपालले उक्त उत्सवमा मेचीनगर भरीका विभिन्न १० वटा विद्यालयहरुको सहभागिता रहने जानकारी गराईन् । उनले कोभिड प्रभाव पछाडि कार्यक्रमहरु आयोजना गर्न नसकेको र यो कार्यक्रम कोभिड पछिको पहिलो उभिने प्रयास रहेको बताएकी छिन् ।

थिएटरले कनै पनि संघसंस्थाबाट सहयोग नलिइ यो कार्यक्रमको आयोजना गरेको हो । थिएटरकी संस्थापक अध्यक्ष नेपालले नगर सरकारबाट थिएटरले धेरैवटा विषयमा आश्वासन पाएको तर कुनै पनि काम नभएको गुनासो गरेकी छिन् । उनी भन्छिन् ‘अघिल्लो पटकको जनप्रतिनिधिहरुबाटै थिएटरको लागि जग्गा र भवन दिने आश्वसन आएको थियो तर हामीले प्राप्त गरेनौं । नाटक, कला र साहित्यप्रति हाम्रो जनप्रतिनिधिहरुको सकरात्मक दृष्टिकोण नै छैन ।’

नेपाललले रंगकर्मीहरु नाटक देखाएर जीवन धान्न सक्ने अवस्थामा नरेको बताएकी छिन् । उनी भन्छिन् ‘स्थानीय सरकारले कम्तिमा हामीलाई बाँच्नसक्ने अवस्थाको निर्माण गरिदिए पनि हुने ।’

परिवर्तन थिएटरको यस कार्यक्रमलाई सहयोग गर्न दमकको कदम थिएटरले नाटक प्रस्तुत गर्ने छ भने पश्चिम बंगालका नाट्यकर्मी विश्वजित रोयले विद्यार्थीहरुलाई नाटकको बारेमा तालिम प्रदान गर्ने छन् ।

परिवर्तन थिएटरले वि.सं. २०६८ सालदेखि निरन्तर रुपमा नाटकको मार्फतबाट समाजमा जनचेतना जगाउँदै आएको छ ।

उक्त पत्रकार सम्मेलन कार्यक्रमको संचालन संस्थाका सचिव शिशिर चौलागाईंले गरेका थिए भने अध्यक्षता संस्थापक अध्यक्ष कविता नेपालले गरेकी थिइन् ।

 

प्रकाशित मिति : फाल्गुन १३, २०७९ शनिबार  ८ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]