बैशाख २८, २०८२ आईतबार

दुर्गा बालक्लबको अध्यक्षमा सृजन

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ९ स्थित श्री दुर्गा माध्यमिक विद्यालय गरामनिको दुर्गा बाल क्लबको अध्यक्षमा सृजन अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार सम्पन्न क्लब को साधारण सभाले सृजन नेतृत्वमा सर्वसम्मतीमा नयाँ कार्य समितिको चयन गरेको हो ।

उक्त कार्यसमितिमा उपाध्यक्ष एजमेरी खातुन, सचिव श्रेया भट्टराई, सहसचिव प्रतिक चौलागाईं, कोषाध्यक्ष प्रदिप खड्का रहेका छन् । त्यसैगरी सदस्यहरुमा मनिषा लामा, समिक्षा भण्डारी, करुणा सिवाकोटी, प्रज्वल रिमाल, आयुष कालिकोटे, अनिल श्रेष्ठ, सचिन बराल, सुसन अधिकारी, पुर्णिमा ओडारी र बर्षा डाँगी रहेका छन् ।

वि.सं. २०६४ सालमा स्थापना भएको यस बालक्लबले विद्यार्थीहरुमा नेतृत्व बिकास, व्यक्तित्व बिकासका साथै विद्यालयमा अतिरिक्त कृयाकलापहरु पनि संचालन गर्दै आइरहेको छ । निवर्तमान अध्यक्ष सौगात घिमिरेले नवनिर्वाचित समितिको नामावली सार्वजनिक गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक लक्ष्मण सिवाकोटी र क्लबका संस्थापक धर्मेन्द्र भट्टराईले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । निवर्तमान सचिव समिक्षा भण्डारीले नवनिर्वाचित सचिव श्रेया भट्टराई लाई बैठक पुस्तिका हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : फाल्गुन १६, २०७९ मंगलबार  ११ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]