प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी चैत ५ गतेसम्मका लागि स्थगित भएको छ ।
आज दिउँसो १ बजे बोलाएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको हो ।
सभामुख देवराज घिमिरेको आग्रहमा बैठक चैत ५ गते सारिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जनाउनुभएको छ ।