जेष्ठ ६, २०८२ सोमबार

कुर्सीकै लागि अहिलेको गठबन्धनः झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले अहिलेको आठ दलीय गठबन्धन कुर्सीका निम्ति भएको बताउनु भएको छ ।

आज एकीकृत समावादी मोरङले उर्लाबारीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता खनालले अहिलेको गठबन्धन कुर्सीकै लागि भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मंसिर ४ को निर्वाचनपछि अहिले तीन महिना भयो । यही समयमा तीनवटा समीकरण भइसक्यो। पाँच वर्षको समय बाँकी छ । त्यसैले धेरै गठबन्धन हेर्न बाँकी छ । अहिलेको गठबन्धन नीति तथा कार्यक्रममा भएको देखिएको छैन । कुर्सीकै कुरा हो ।’

प्रकाशित मिति : फाल्गुन २४, २०७९ बुधबार  ६ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]