जेष्ठ २, २०८२ बिहीबार

बिर्तामोडमा लेखा व्यवस्थापन तथा कर सम्बन्धी तालिम

झापा । बिर्तामोडमा लेखा व्यवस्थापन तथा कर सम्बन्धी तालिम सुरु भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा विहीवारदेखि विराट बहुउदेश्य सहकारी संस्थाको हल बिर्ताबजारमा तालिम सुरु भएको हो ।

तालिमको नगर प्रमुख पवित्रा महतारा प्रसाईले व्यानर पढेर उद्घाटन गरेकी हुन् । तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले जनता र सहकारी विचको सम्बन्ध पारदर्शी बनाउने उदेश्यका साथ यो तालिमको आयोजना गरिएको बताइन् । सहकारीले राज्यलाई सहयोग गरेको भन्दै उनले सहकारीहरुलाई नियमन गर्दै बलियो बनाएर लैजानु पर्ने धारणा राखिन् ।

तालिममा अहिले ३० जना सहभागी छन् । यसपछि फेरि ३० जनालाई तालिमको व्यवस्थापन गरिने नगरका सामाजिक विकास तथा सहकारी शाखा अधिकृत डिल्ली दाहालले जानकारी दिए ।

तालिममा कर व्यवस्थापन, खाता पोष्टिङ्ग, नाफा नोक्सान, आयव्यय, ट्रायल व्यालेन्स, ट्रेडिङ्ग अकाउण्ट, नाफा बाँडफाड, वासलत लगायतका विषयमा प्रशिक्षण गराइने अधिकृत दाहालले जानकारी दिए ।

सामाजिक विकास समिति संयोजक यमुना आचार्यको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, निर्मला सुनुवार, बिर्तामोड नगरअस्पताल संचालन तथा व्यवस्थापन समिति सदस्य अर्जुन पाठकको समेत उपस्थिति रहेको थियो ।

बिर्तामोड नगरपालिकाले यसअघि सहकारी तथा गरिबी निवारण सूचना प्रणाली (कोपोमिस) सम्बन्धि तालिम ६० जनालाई प्रदान गरेको थियो ।

प्रकाशित मिति : फाल्गुन २५, २०७९ बिहीबार  ६ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]