बैशाख २२, २०८२ सोमबार

‘दलित समुदायलाई विभेद गर्ने कार्यको आयोग निन्दा गर्दछ’

काठमाडौं । राष्ट्रिय दलित आयोगले सिरहा जिल्लामा भएको छुवाछूतसम्बन्धी घटनामा संलग्न गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले आज विज्ञप्ति जारी गरी सिरहा जिल्लाको भगवानपुर गाउँपालिकाका अध्यक्ष यादवले जातीय भेदभाव तथा छुवाछूत गरेको भन्दै निज अध्यक्ष यादवलाई नियन्त्रणमा लिई कानूनबमोजिम कारबाही गर्न र अपमानित दलित समुदायको मानव अधिकारको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

गाउँपालिकाका अध्यक्ष यादवले आफ्नो आमाको निधनपछि १३औँ दिनको पुण्य तिथिको दिन यही फागुन २२ गते आयोजना गरिएको ‘क्रिया भोजमा’ दलित र गैरदलितका लागि अलग अलग साइन बोर्ड टाँसेर अलग लाइन बनाएर दलित समुदायमाथि जातीय छुवाछूत तथा भेदभावको अमानवीय व्यवहार गरेको आयोगको भनाइ छ । “यगौँदेखि शोषण उत्पीडनमा पारिएका दलित समुदायलाई घोषितरूपमा छुट्याउने गरी ब्यानरसमेत राखेर छुट्टै भोज खुवाउने कार्यको आयोग निन्दा गर्दछ”, निज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलितमुक्ति सङ्गठन र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानलगायतका दलित सङ्घ÷सङ्गठनले पनि आज विज्ञप्ति जारी गरी सो घटनाको भत्र्सना गरेका छन् । ती सङ्घ÷संस्थाले घटनाको स्थलगत अध्ययन गरी आवश्यक पहल गर्न राष्ट्रिय मानव अधिकार आयोग, मानवअधिकार समुदाय तथा न्याय प्रेमी नागरिक समाजलाई अपिलसमेत गरेका छन् ।

प्रकाशित मिति : फाल्गुन २६, २०७९ शुक्रबार  ८ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]