जेष्ठ ६, २०८२ सोमबार

रामचन्द्र पौडेलले लिए राष्ट्रपतिको शपथ

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमवार दिउँसो आयोजित विशेष समारोहका बीचमा पौडेलले शपथग्रहण गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ गराए ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति लगायतको उपस्थिति रहेको थियो । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । सो अवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

साथै नेपाली सेनाको एक टुकडीले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाईका क्रममा सलामी अर्पण गरेको छ । साथै निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाईका क्रममा सरकारका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए । आजबाट नै राष्ट्रपति पौडेलले राष्ट्राध्यक्षको रुपमा काम गर्नेछन् ।

शपथ ग्रहणमा निवर्तमान राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतका शीर्ष दलका नेताहरु सहभागी थिए ।

प्रकाशित मिति : फाल्गुन २९, २०७९ सोमबार  २ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]