स्ववियु : कोशी प्रदेशका १३ क्याम्पसमा अनेरास्ववियु सर्वसम्मत
बिर्तामोड । देशभर त्रिभुवन विश्वविद्यालय अन्र्तगतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको माहोल रहेको छ ।
कोशी प्रदेशका ६५ वटा क्याम्पसहरुमा स्ववियु निर्वाचनको तयारी भइरहेको छ । जसमध्ये १७ वटा क्याम्पसमा स्ववियु नेतृत्व सर्वसम्मत निर्वाचित भएको छ ।
कोशी प्रदेशमा अखिल नेपाल राष्ट्रिय स्वतन्तत्र विद्यार्थी युनियन (अनेरास्ववियु) १३ वटा क्याम्पसमा सर्वसम्मत भएको छ भने नेपाल विद्यार्थी संघ (नेविसंघ) तीन वटामा र अखिल नेपाल राष्ट्रिय स्वतन्तत्र विद्यार्थी युनियन क्रान्तिकारी (अनेरास्ववियु क्रान्तिकारी) एउटा क्याम्पसमा सर्वसम्मत भएको छ ।