जेष्ठ ७, २०८२ मंगलबार

राप्रपाले उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मतदान नगर्ने भएको छ । राप्रपाको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको हो ।

फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा मतदान नगरेको राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने भएको हो ।

राप्रपाबाट प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २८ सांसद छन् । उनीहरूको कुल मतभार दुई हजार ४५० हुन्छ।

उपराष्ट्रपति चयनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ ।

उपराष्ट्रपति पदमा नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव उम्मेदवार छन् ।

प्रकाशित मिति : चैत्र ३, २०७९ शुक्रबार  ९ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]