जेष्ठ ७, २०८२ मंगलबार

त्रिदेव बहुमुखीको अध्यक्षमा नेविसंघका अर्जुन निर्वाचित

चाराली । त्रिदेव बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यालर्थी (नेवि) संघका अर्जुन गौतम निर्वाचत भएका छन् ।

नेविसंघले त्रिदेव बहुमुखी क्याम्पसमा अध्यक्ष र सचिवसहित दुई सदस्य जितेको छ । यसै गरी अनेरास्ववियुले कोषाध्यक्षसहित पाँच जना सदस्य जितेको हो ।

त्रिदेव सचिवमा नेविसंघका मनिराम विश्वकर्मा र कोषाध्यक्षमा अखिलका ईश्वर रिजाल निर्वाचित भएका हुन् । त्यसै गरी सदस्यमा अखिलका तर्फबाट भूगोल भट्टराई, दावा तामाङ, हरि पौडेल, मदन चिमरिया र कैलाश रेग्मी निर्वाचित भएका छन् । साथै सदस्यमा सुजल अर्याल र रोशन पोखरेल निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : चैत्र ६, २०७९ सोमबार  ७ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]