जेष्ठ ६, २०८२ सोमबार

जनताको समस्या बुझ्न मिसन ग्रासरुट अभियान

झापा । मिसन ग्रासरुट अभियान अन्तर्गत झापामा नेकपा एमालेका नेताहरु गाउँ–गाउँ पुगिरहेका छन् । जसका लागि सहजकर्ताको समेत व्यवस्था गरिएको छ । उनीहरु आफ्नो पुरानो सहयोगी, सेल्टरदाताहरुलाई भेट्न र सम्बन्धको पुर्नताजकी गर्न गाउँ छिरेका हुन् । ‘मिसन ग्रासरुट’ नामक कार्यक्रम लिएर ।

झापा जिल्ला कमिटीले फागुन १० गते बसेको पूर्ण बैठकबाट मिसन ग्रासरुटको कार्यक्रम लिएर पार्टीका पुराना सहयोगीलाई भेट्ने र पार्टीको अवस्था बुझ्ने निर्णय गरेको थियो । त्यस पश्चात एमालेले झापाका १५ वटै पालिकामा पूर्व योजना बैठक बस्दै वडा तहमा अभिमुखीकरण कार्यक्रम पनि आयोजना ग¥यो ।

मिसन ग्रासरुट पार्टी सदस्यता नवीकरण गर्नेदेखि सेल्टरदाता र सहयोगीहरुसम्मलाई भेट्ने कार्यक्रम बनेको नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्की बताउँछन् । उनी भन्छन्, ‘यो पुरानो सम्बन्धको पुनरर्ताजकी गर्ने र पार्टीका नेता कार्यकर्ताहरुको अवस्था बुझ्ने किसिमको कार्यक्रम हो । उहाँहरुका सुख दुःखका कुराहरु बुझ्ने र पार्टीको वास्तविक अवस्था बुझ्ने । साथै पार्टीले अहिलेसम्म गरेका कामहरुको कस्तो प्रभाव गएको छ । त्यसको ‘फिडब्याक’ पनि लिने । पार्टीको कुनै पनि पंतिको नेतृत्वहरुको कारण उत्पन्न केही समस्या छन् कि लगायतका विषयहरु बुझ्ने कार्यक्रम हो ।’

नेकपा एमालेमा तीन तहको कार्यकर्ता रहेको अध्यक्ष कार्कीले बताएका छन् । उनी भन्छन्, ‘एउटा झापा बिद्रोह, माले हुँदै एमाले भएको र अर्को अन्य बामपन्थी शक्तिबाट एमाले प्रवेश गरेको । अर्को स्वतन्त्र व्यक्तिहरु आएर एमाले हुनुभएको साथीहरु हुनुहुन्छ । त्यो तीनै पङ्तीलाई एउटै स्कुलिङमा ल्याउनु पर्नेछ । यि सबै समस्याहरु तलबाट बुझ्न ग्रासरुट सञ्चालन गरेको हो ।’

‘मिसन ग्रासरुट’ पार्टी पङ्तीलाई शुद्धिकरण गर्ने र पार्टीलाई मजबुत बनाउने कार्यक्रमको रुपमा एमालेले अगाडि सारेको हो । ‘मिसन ग्रासरुट’ अन्य विचार मान्ने मानिसहरुलाई पनि नेकपा एमालेप्रति आकर्षण गर्ने अभियान हो । तर, अहिले सुरुसुरुको भेलाहरुमा मानिसहरुको सहभागिता कम भए पनि यसले गति लिइरहेको उनको भनाई छ ।

तल्लो तहमा पुग्दा नेताहरुको कार्यशैली, जीवनशैली र कतिपय सुधार गर्नुपर्ने कुराहरु सुझावमा आएको अध्यक्ष कार्कीले बताएका छन् । उनी भन्छन्, ‘पार्टीमा पुरानोशैलीको क्रान्तिकारी स्कुलिङको अभाव भएको पाइएको छ । तर, अब क्रान्ति गरेर भत्काउने मात्र काममा नेकपा एमाले नभएकाले पनि यस्तो समस्या आएको हुनसक्छ । साथै पार्टीको वास्तै नगर्ने गरी मानिसहरुमा बितृष्णा पैदा भएको छैन । पार्टीप्रति सक्रियता र उत्साह मिसन ग्रासरुटले ल्याएको छ ।’

नेकपा एमालेका नेता कार्यकर्ता समाजको रोलमोडल हुनुपर्ने उनले बताएका छन् । एमालेका नेता कार्यकर्ता आँखाको नानी हुनुपर्ने, नानी नै हुन नसक्ने हो भने कम्तिमा आँखाको फोहोर सफा गर्ने लाल गेडी चाहीँ हुनुपर्ने उनको तर्क छ ।

हामीले हाम्रो विचार र एजेण्डालाई जनता माझ पु¥याउनुभन्दा अगाडि हाम्रो व्यवहारिक पाटो सुध्रिन जरुरी भएको कार्कीले बताएका छन् । उनी भन्छन्, ‘हामी अनुशासित हुनुपर्छ । जनताको समस्यालाई सम्बोधन गरे पछि मात्रै हाम्रा विचार र सिद्धान्त जनताले सुन्नुहुन्छ । समस्यामा परेको जनताले जबजको सिद्धान्त सुन्दैनन् । उनीहरुलाई जबज सुनाउन पहिले उनीहरुको समस्या समाधान गर्नुपर्छ ।’

 

प्रकाशित मिति : चैत्र १०, २०७९ शुक्रबार  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]