जेष्ठ ६, २०८२ सोमबार

बागमती सरकारबाट बाहिरियो एमाले

हेटौँडा । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । हेटौंडामा जारी प्रदेशसभा बैठकमा बोल्दै एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकार छाडेको घोषणा गरे ।

करिब साढे २ महिना सरकारमा रहँदा आफूहरुले सम्हालेको चारवटै मन्त्रालयले उल्लेख्य सुधारको काम गरेको उनले दाबी गरे । केन्द्रीय सत्ता समीकरणमा नेकपा माओवादी केन्द्रले विश्वासघात गरेको कारण माओवादी केन्द्र नेतृत्व रहेको बागमती प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिँदै सरकार छाडेको थपलियाले बताए ।

माओवादी अध्यक्ष प्रचण्डले खोला तरेको तर लौरो बनेर साथ दिएको एमालेलाई बिर्सेर राजनीतिक बेइमानी गरेको थपलियाले बताए । प्रधानमन्त्रीले देशी विदेशीको प्रभावमा परेर सत्ता समीकरण भत्काएको भन्दै उनले त्यसको विरुद्धमा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको बताए ।

प्रकाशित मिति : चैत्र १०, २०७९ शुक्रबार  ३ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]