मान्छेभन्दा पहिले कोशीको उत्पत्ति भयो, किन विवाद गर्नु : ओली
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामाकरणमा विवाद गर्नुपर्ने कुनै आधार नरहेको बताएका छन् । उनले कोशीले सबैलाई सम्बोधन गर्ने बताए ।
आज झापाको बिर्तामोडमा जिल्ला पार्टीले आयोजना गरेको मिसन ग्रासरुट अभियानको मध्यावधि समिक्षालाई सम्बोधन गर्दै मानिसको उत्पत्तिभन्दा कोशीको उत्पत्ति पहिले भएको भन्दै त्यसमा कसैले आपत्ति जनाउन नहुने तर्क गरेका छन् ।
वातावरणm नदि, प्रकृतिभन्दा पहिले अर्को सभ्यता नभएको भन्दै उनले कोशी प्रदेश उपयुक्त भएको धारणा राखे । मञ्चमा सँगै रहेका मुख्यमन्त्री हिक्मत कार्कीलाई कोशी प्रदेश नामाकरण गरेकामा धन्यवाद दिदैं बहुमतबाट पारित भएको नाममा आन्दोलन, जुलुस गर्न नहुने उनको भनाई थियो । सबै मानिस धरती पुत्र हौं, ओलीले भने – कोशी प्रदेशले हामी सबैलाई समेटेको छ । हामी सबैको अन्न कोशीबाट सिञ्चित छ । कोशी कुनै जातजातिको नभई, सबैको साझा भएको भन्दै ओलीले प्रतिप्रश्न गरे, कोशी ठुलो कि सभ्यता ? कोशी भएकाले मात्रै सभ्यता भएको प्रष्ट पारे ।
नामाकरणको विषयलाई लिएर कोही पनि असन्तुष्ट नहुन आग्रह गर्दै अध्यक्ष ओलीले ‘धमिलो पानीमा माछा पार्ने’ प्रयास हुन सक्ने संकेत गरेका छन् ।
अध्यक्ष ओलीले कोशी प्रदेश जोगाउने समेत बताएका छन् । उनले भने, ‘हामी कोशी प्रदेशको सरकार टिकाउँछौं । टिकाउछौं भन्ने मुख्य कुरा चाहिँ राप्रपा हो । हामीसँग ४० सीट छ । राप्रपासँग ६ सीट छ । अब एउटा खोज्नुपर्ने छ । किनभने हामीलाई राप्रपाले साथ दिन्छ भन्ने आधारमा ।’