वीरता जेसीजलाई उत्कृष्ट शाखा अवार्ड
बिर्तामोड । वीरता जेसीजले फेव्रुअरी – २०२३ को क्षेत्र ‘ए’ अन्तरगतको उत्कृष्ट शाखा अवार्ड प्राप्त गर्न सफल भएको छ । काठमाडौँमा सम्पन्न भएको नेशनल काउन्सलर एकाडेमीको समापन समारोहको अवसर पारेर वीरता जेसीजलाई क्षेत्र ‘ए’ को उत्कृष्ट शाखा अवार्ड प्रदान गरिएको हो ।
उक्त अवार्ड नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर विकास मानन्धर, ट्रेनर पायलट तथा नेपाल,जेसीजको पूर्व अध्यक्ष सिनेटर महेश दाहाल, ट्रेनर को-पायलट सिनेटर मिलन गुरुङ , निरूपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रश्मी बस्नेत, निरुपित राष्ट्रिय उपाध्यक्ष अनुप सुनुवारले संयुक्त रुपमा शाखाका अध्यक्ष घनश्याम चौधरीलाई अवार्ड प्रदान गरेका हुन् । वीरता जेसीजलाई कार्यसम्पादनका आधारमा उत्कृष्ट अवार्ड प्रदान गरिएको हो ।