जेष्ठ ३, २०८२ शुक्रबार

मेची सहकारी सदस्यहरुकै कारण सुरक्षित छ : अध्यक्ष भट्टराई

बिर्तामोड । मेची बहुउद्देश्यीय सहकारी संस्था लि. बिर्तामोड शाखाले सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । संस्थाले शनिवार सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष नागरायण प्रसाद भट्टराई, कार्यकारी प्रमुख खोमप्रसाद बगालेले सहजीकरण गरेका थिए । पछिल्लो समय सहकारी संस्थाहरुको विरुद्धमा विभिन्न अभियान सञ्चालन भइरहेको बेला मेची सहकारीले आफ्ना सदस्यहरुलाई संस्थाको बारेमा जानकारी समेत गराएको छ ।

सदस्य शिक्षा कार्यक्रम मार्फत सहकारीले संस्थाको वर्तमान अवस्था, बाहिर सहकारीहरु विरुद्ध चलेका हल्ला, संस्थाको वित्तीय अवस्था र उपलब्धीका बारेमा जानकारी गराइएको थियो । संस्थाका अध्यक्ष भट्टराईले कुनै सहकारीले बद्मासी गर्दैमा सबै सहकारीलाई एकै डालोमा राखेर हेर्न नमिल्ने बताएका छन् । उनले मेची सहकारी विधि पद्धति, सहकारी नीति नियमबाट सञ्चालन भइरहेकोले कुनै समस्या नआउने दावी गरे । उनले सहकारी सिद्धान्त विपरित सञ्चालित सहकारी संस्थाहरु समस्यामा पर्ने बताएका हुन् । उनले भने, ‘मेची सहकारी सदस्यहरुकै कारण बलियो छ । सहकारी सञ्चालनका हरेक मापदण्ड ठिक छन् । मापदण्डहरु ठिक भएकाले मेची जोखिममा छैन ।’

उनले सदस्यहरुको बचतमा संस्थाले कुनै समस्या आउन नदिने बताए । कुनै पनि सहकारीले सदस्यहरुको बचत रकममा समस्या आउन दिन नहुने बताएका छन् । भट्टराईले सदस्यहरुको बचत नै संस्थाको गहना भएको बताए । उनले सहकारीमा आवद्ध जो कोहि सदस्यहरुले संस्थाको बारेमा सम्पूर्ण जानकारी लिनुपर्ने भन्दै सदस्यहरु समेत सचेत हुनुपर्ने बताए ।

संस्थाका कार्यकारी प्रमुख बगालेले बिर्तामोड शाखा र समग्र संस्थाको वित्तीय अवस्थाबारे जानकारी गराए ।

प्रकाशित मिति : चैत्र १८, २०७९ शनिबार  ८ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]