बैशाख २९, २०८२ सोमबार

बिर्तामोड २ मा खेलकुद महोत्सव आयोजना

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर–२ ले खेलकुद महोत्सव आयोजना गर्ने भएको छ ।
महोत्सवमा साविक चारपाने गाविसको २ नम्बर वडादेखि ९ नम्बरसम्मलाई समेटेर बिर्तामोडमा खेलकुद प्रतियोगिता आयोजना हुने भएको हो ।

लोकप्रिय खेल फुटबल, क्रिकेट र भलिबल खेल प्रतियोगितामा समावेश गरिएका छन् । महोत्सबको झल्को दिने गरी प्रतियोगिता आयोजना गर्न लागिएको खेलकुद बिकास समिति अध्यक्ष कमला लिम्बुले जानकारी दिइन् ।
तीनवटै प्रतियोगिताको बिजेता र उपबिजेताले जनही १५ हजार र १० हजार रुपैंयाँ पुरस्कार पाउने आयोजक समितिका सचिव पंकज सिग्देलले जानकारी दिए । उनले प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार १ सय रुपैंयाँ पुरस्कार दिने योजना रहेको बताए ।

प्रतियोगितामा सहभागि हुन अनिवार्य रुपमा बिर्तामोड नगरपालिका-२ मा बसोबास भएको कागजपत्र पेश गर्नुपर्ने छ । प्रत्येक टिमले १५ जना खेलाडी, कोच र टिम मेनेजरसहितको नामावली बुझाउन पनि खेलकुद बिकास समितिले अनुरोध गरेको छ । प्रतियोगिता सम्पन्न गर्न २ लाख ५० हजार रुपैंयाँको बजेट अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : चैत्र २३, २०७९ बिहीबार  ६ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]