आजदेखि उद्योग वाणिज्य महासंघको साधारणसभा
काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा आजदेखि सुरु हुँदैछ । उद्योगी व्यवसायीहरूको छाता संस्था महासंघको ५७ औँ साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ ।
साधारणसभाबाट विधानअनुसार वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भोलि निर्वाचन हुनेछ ।
वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र सांघाईले उम्मेदवारी दिने यसअघि घोषणा गरिसकेका छन् ।