मुडुला कार्की कुलायन व्यवस्था नगर समितिद्वारा सम्मान
शनिश्चरे । अर्जुनधारा – विर्तामोड संयुक्त मुडुला कार्की कुलायन व्यवस्था नगर समितिले नयाँ बर्ष २०८० सालको अवसर पारेर शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रम गरेको छ ।
संयुक्त मुडुला कार्की कुलायन व्यवस्था समितिद्वारा अर्जुनधारा नगरपालिका – ८ शनिश्चरस्थित सामुदायिक भवनमा बिहीबार आयोजित कार्यक्रममा कुलका २५ जना ज्येष्ठ सदस्य, राष्ट्र सेवक र निर्वाचित जनप्रतिनिधि बन्धुहरुलाई सम्मान गरिएको हो । ज्येष्ठ सदस्य कृष्णमाया कार्कीको प्रमुख आतिथ्यमा दिप बहादुर कार्की , देवीमाया कार्की ,हरि बहादुर कार्की ,डिक बहादुर कार्की ,धनमाया कार्की ,पम्फादेवी कार्की ,खड्गमाया कार्की , टंक बहादुर कार्की लगायत २५ जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
त्यस्तै प्रदेश सांसद एकराज कार्की , बुद्धशान्ति गाउँपालिका –५ का वडा अध्यक्ष डेगेन्द्र कार्की र इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्कीलाई सम्मान गरिएको छ । ज्येष्ठ सदस्य भिम बहादुर कार्कीको सभापतित्व तथा कार्यक्रम संयोजक गोविन्द कार्कीको संचालन रहेको कार्यक्रममा कार्की कुलायन व्यवस्था समिति बिर्तामोडका अध्यक्ष तुलसी कार्कीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि कृष्णमायाले कुलका सम्पूर्ण कार्की बन्धुहरुलाई आशिर्वाद दिइन् । कुलायन व्यवस्था समिति कोशी प्रदेशका अध्यक्ष हरि बहादुर कार्कीले निकट भविष्यमा मुडुला कार्कीको राष्ट्रिय अधिवेशन झापामा गर्ने योजना रहेको सुनाए । झापाका अध्यक्ष बम बहादुर कार्कीले सबै मुडुला कार्कीहरु मुलधारमा आएर संगठनमा क्रियाशील हुन आग्रह गरे ।
कार्यक्रममा व्यवस्था समितिका केन्द्रीय सदस्य अम्बर बहादुर कार्की , पूर्वाञ्चलका पूर्व अध्यक्ष गणेश बहादुर कार्की ,सम्मानितहरु एकराज कार्की र सुरज कार्की , अधिवक्ताद्वय रञ्जिता कार्की र पवन कार्की ,अर्जुनधारा नगर समितिका अध्यक्ष गोकर्ण कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए । संसारभरका मुडुला कार्की एक हौं । आआफ्ना पेशा व्यवसायबाट बन्धुहरुलाई सहयोग गरौ ,कुलका ज्येष्ठ सदस्यहरुको आशिर्वादले भावी सन्ततिको भविष्य सुन्दर हुन्छ भन्ने नाराका साथ भएको कार्यक्रममा २०० भन्दा बढी मुडुला कार्कीहरुको उपस्थिति रहेको थियो ।