धुलाबारीमा आजदेखि वडास्तरीय फुटसल
मेचीनगर । प्रथम मेचीनगर वडास्तरीय फुटसल प्रतियोगिता आजदेखि धुलाबारीमा सञ्चालन हुँदैछ । मंगलवार धुलाबारीमा आयोजक फुटसल एरिनाले गरेको पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराएको हो ।
धुलाबारी फुटसल एरिनाका सञ्चालक विवेक वस्नेतले मेचीनगर–२, ३, ४, ५ र १३ नम्बर वडा बाहेक अन्य दश वटा वडा फुटसल प्रतियोगितामा सहभागी हुने बताए ।
बैशाख ६ देखि ९ गतेसम्म हुने प्रतियोगितामा दुई लाख २५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले १५ नगदसहित ट्रफी तथा मेडल प्राप्त गर्ने सञ्चालक वस्नेतले जानकारी दिए ।
दिउँसो ३ वजेदेखि सुरु हुने प्रतियोगिताको सहआयोजकका रुपमा स्थानीय हलेसी मेडिकल हल रहेको छ । एरिनाले स्थापनाकालदेखि लागूऔषधमा फसेका युवा, विद्यार्थी, विभिन्न संघ–संस्था र युवा लक्षित विभिन्न प्रतियोगिता गर्दे आएको सञ्चालकको भनाई छ ।