जेष्ठ २, २०८२ बिहीबार

बिर्तामाडमा व्याधिक्षमता अभिवृद्धि कार्यक्रम

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर १ मा महामारी रोकथामका लागि व्याधिक्षमता अभिवृद्वी कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुर झापाको आयोजनामा शुक्रवार भएको कार्यक्रममा वडाका जेष्ठ नागरिकहरुले लाभ लिएका छन् । ३५ जनाभन्दा बढी ज्येष्ठ नागरिकहरुलाई रोगव्याधसँग लड्ने शक्तिप्राप्त औषधी निशुल्क वितरण गरिएको छ ।

बुढेसकाल लागेपछि निन्द्रा नलाग्ने, हातखुट्टा बाउँडिने लगायतका रोगहरु देखिने गरेका कारण आयुर्वेदिक चुर्ण वितरण गरिएको कबिराज निरीक्षक टेकनाथ अर्यालले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे र ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष डम्बर बस्नेतले २ जना ज्येष्ठ नागरिकलाई औषधी प्रदान गरेर कार्यक्रम उद्घाटन गरेका थिए । उपस्थित मध्येका सबैभन्दा ज्येष्ठ वडा नम्बर १ का ८९ वर्षीय जयप्रसाद खरेल र ८७ वर्षीय खगप्रसाद आचार्यलाई औषधी प्रदान गरिएको हो ।

कार्यक्रममा निवर्तमान जनप्रतिनिधि प्रेमकुमार खरेल, वडा सचिब टिका अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : बैशाख ८, २०८० शुक्रबार  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]