जेष्ठ २, २०८२ बिहीबार

थप ७८ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । हाल ३८३ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : बैशाख ९, २०८० शनिबार  ७ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]