जेष्ठ २, २०८२ बिहीबार

बढ्यो कोरोना, एक सय ३६ सङ्क्रमित थपिए

बिर्तामोड । कोरोना भाइरस सङ्क्रमण पुनः बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार पाँच सय ९१ जनामा गरिएको परीक्षणमा एक सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै सक्रिय सङ्क्रमित तीन ९० जना पुगेका छन् । हिजो एक सय १३ जनामा सङ्क्रमण फेला परेको थियो । मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा २७ जना, सघन उप कक्ष (आइसियु)मा चार जना र भेन्टिलेटरमा एक जना उपचाररत रहेका छन् ।

यस्तै आज ६४ जना कोरोना उपचारपछि घर फर्किएका छन् । मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ । नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ ।

शून्यमा झरेको सङ्क्रमण नेपाल भारत खुला सीमानाका कारणले सङ्क्रमित नेपाल प्रवेश गर्नाले फैलिएको हो ।

प्रकाशित मिति : बैशाख १२, २०८० मंगलबार  ७ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]