जेष्ठ २, २०८२ बिहीबार

थप १०३ जनामा कोरोना पुष्टि

बिर्तामोड । पछिल्लो २४ घण्टामा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९२५ जनाको नमुनामध्‍ये ६२७ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र १ हजार २९८ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०३ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३७५ जना पुगेको छ भने संस्थागत आईशोलेशनमा २६ जना, आईसीयूमा ८ जना र १ जना भेन्टिलेटरमा उपरचाररत छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५३ जना निको भएर घर फर्किइसकेका छन् ।

संक्रमण बढेसँगै कोरोना विरुद्धको बुस्टर डोज खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : बैशाख १५, २०८० शुक्रबार  ७ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]