असार १०, २०८२ मंगलबार

झापाका सहकारीकर्मी मागे सुरक्षा

झापा । झापाका सहकारीकर्मीहरुले प्रशासनसँग सुरक्षा माग गरेका छन् । विभिन्न अराजक व्यक्ति तथा समूहले वित्तीय क्षेत्रमाथि गरिरहेको भौतिक आक्रमण एवम् दुव्र्यवहारबाट व्यवसायमा नकारात्मक असर गरेको भन्दै झापाका सहकारी अभियन्ताहरुले सुरक्षाको माग गरेका हुन् ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई आज झापा जिल्ला सहकारी संघले सुरक्षाको प्रत्याभूति पाउँ भन्दै निवेदन पेस गरेको हो । झापा जिल्ला सहकारी संघले अध्यक्ष गणेश ढकालको संयोजकत्वमा गठन गरेको सहकारी समस्या समाधान सहजीकरण कार्यदलले जिल्ला प्रशासन कार्यालय भद्रपुर गएर प्रजिअ पोखरेललाई उक्त निवेदन दिएको हो ।

कार्यदलको आज बसेको बैठकको निर्णयानुसार जिल्लाका सहकारी संघ–संस्था र लघुवित्त सेवा प्रदायक संघ–संस्थामाथि विभिन्न अराजक व्यक्ति तथा समूहले भौतिक आक्रमण गर्ने, कर्मचारीहरुलाई हातपात गर्ने, कार्यकक्ष तोडफोड गर्ने गराउनेजस्ता क्रियाकलाप गर्ने गरेकाले त्यस्ता व्यक्ति तथा समूहलाई पक्राउ गरी कानूनी कारबाही गरी सहकारी संघ–संस्थाको पूर्ण सुरक्षाको प्रत्याभूति माग गरिएको छ ।

प्रजिअलाई निवेदन बुझाउन जिल्ला संघका अध्यक्ष ढकालसहित वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरी, सचिव भवानीप्रसाद दंगाल, जिल्ला बचत संघका उपाध्यक्ष विपी भट्टराईलगायत सहकारी अभियन्ताहरु जिल्ला प्रशासन कार्यालय भद्रपुर गएका थिए ।

प्रकाशित मिति : जेष्ठ १४, २०८० आईतबार  ३ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]