पाँच वर्षभित्र बिर्तामोडका सबै सडक कालोपत्रे र पेवर्स गर्ने
जिल्लाको प्रमुख शहरको रुपमा विकसित भइरहेको विर्तामोड नगरपालिका अन्य पालिकाहरुभन्दा विकासमा अगाडि छ । कामका दृष्टिले अन्य पालिकाभन्दा पृथक पनि छ । पूर्वी पहाडका विद्यार्थीहरुको उच्च शिक्षाको सपना साकार पारिरहेको विर्तामोडले शिक्षा, कृषि, स्वास्थ्य र भौतिक पूर्वधार सबै क्षेत्रमा उल्लेखनीय विकास गरिरहेको छ । विर्तामोड नगरपालिका पूर्वकै एक व्यपारिक केन्द्र भएकाले यहाँ विकास पनि त्यसै अनुरुप हुन जरुरी हुन्छ । विकासको प्रमुख आवश्यकता मानिने भौतिक पूर्वधारको क्षेत्रमा पछिल्लो समय विर्तामोड केन्द्रीत भएर लागेको देखिन्छ । भौतिक पूर्वधारका वितामोडले नगरको कुल बजेको करिव ७० प्रतिशत रकम विनियोजन गरि काम गरिरहेको छ ।
पूर्वधारयुक्त नगर, विषदीरहित कृषि र व्यवसायको अभिवृद्धि,
सभ्य र स्वास्थ्य नागरिक, विर्तामोड नगरपालिकाको समृद्धि’
मुख्य नारा राखेको विर्तामोडले आफ्नो नारा अनुरुप नै काम गरेको पाइएको छ । विर्तामोड नगरपालिकाको आर्थिक वर्ष २०७९-८० को कुल बजेट एक अर्व ३८ करोड ३५ लाख चार हजार चार सय ९० रहेको छ । उक्त कुल बजेट मध्ये विर्तामोडले विभिन्न प्रकारका विकास निमार्णमा रु ५५ करोड ३१ लख आठ हजार आठ सय पुजीँगत खर्च गर्ने लक्ष्य रखेको छ । साथै वडा र नगरको गरेर थप रु. २० करोड ५४ लाख २० हजार ७० भौतिक पूर्वधार तर्फ विनियोजन गरेको छ ।
विर्तामोड नगरपालिकाले आफ्नो १० वटा वडाहरु मार्फत आ.व २०७९-८० मा कुल रु. १३ करोड ७५ लाख ७५ हजार रकमको भौतिक पूर्वधारको विकास गरेको छ । विर्तामोडले यस रकम भित्र कुल कल्र्बट-बक्स-स्ल्याब ४४ वटा निर्माण गरेको छ । यसैगरी १९ हजार पाँच सय ५० मिटर सडक गा्रभेल गरेको छ भने १७ सय २४ दशमलव ७३ मिटर सडक कलोपत्रे गरेको छ । विर्तामोडले यस आर्थिक वर्षमा १६ सय २५ मिटर आरसीसी नालाको निर्माण सम्पन्न गरेको छ भने ११ हजार ७१ दशमलव ४३ मिटर प्लम निर्माण गरेको छ । यसैगरी दुई हजार १३ मिटर पेभसै निर्माण गरेको छ । यसैगरी विर्तामोडले यस वर्ष दुई वटा सामुदायिक भवन र तीन वटा विद्यालयको भवन निर्माण गरेको छ । साथै विद्युत विस्तारमा पनि विर्तामोडले रु. २४ लाख रकम लगानी गरेको छ । विर्तामोडका वडाहरुले आवस्थकता अनुसार विकासमा भौतिक पूवार्धारमा वजेट विनियोजन गरिरहेको पाइएको छ ।
विर्तामोड नगरपालिकाले आफ्नो कुल बजेटको ३० प्रतिशत रकम भौतिक पूर्वधार निर्माणमा लगानी गरेको छ । विर्तामोडमा हाल नगर, प्रदेश र संघीय सरकारको योजनाका साथै बहुवर्षे योजनाहरु सहित हाल आठ सय १५ योजनाहरु अगाडि बढिरहेको छ । जसमध्ये तीन सय ९३ वटा योजनाहरुको काम सम्पन्न भइसकेका छन् भने दुई सय ८६ योजना सञ्चालनको क्रममा छन् र बाँकी रहेका छ सय ७९ योजनाहरु सम्झौता भइसकेको विर्तामोड नगरपालिकाको तथ्यांकले देखाएको छ ।
सबै योजनाहरुका काम सम्पन्न गर्न विर्तामोडले भौतिक पूर्वधारको निम्ति ९ करोड चार लाख ४२ हजार ७० रुपैँया रकम विनियोजन गरेको छ । यसमध्ये दुई करोड ७७ लाख रुपैँया रकम आर्थिक वर्ष ०७९-८० मा संचालन हुने नगरस्तरीय योजनाहरुका निम्ति विनियोजन भएको छ भने एक करोड ७२ लाख रुपैँया रकम सामुदायिक र संस्थागत भवनहरु निर्माणका निम्ति विनियोजन भएको छ । यसै गरी विर्तामोडले चार करोड ५५ लाख ४२ हजार ७० रुपैँया रकम बहुवर्षीय तथा क्रममागत योजनाका निम्ति विनियोजन गरेको छ ।
यसका साथै विर्तामोडमा बढ्दो ढललाई व्यवस्थापन गर्न नगरको सम्र्पूण सडकहरुमा ढल निमार्णका लागि गुरुयोजना बनाएर काम गर्ने विर्तामोडको लक्ष्य छ । यसको गुरुयोजना शहरी विकास मन्त्रालयमा पेश गरी बजेटको माग गर्ने विर्तामोडको योजना हो ।
साथै नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गरी विर्तामोड नगरपालिकाले व्यायामशालाको निर्माण गर्ने पनि नीति तथा कार्यक्रम बनाएको छ ।
पूर्वधारमा समृद्ध हुने विर्तामोडको नीति
विर्तामोडले आ.व २०७९-०८० मा पूर्वधारमा समृद्ध हुने नीति तर्जुमा गरेको छ । विर्तामोड नगरलाई विकास र समृद्धि तर्फ लैजाने दीर्घकालीन सोच अनुसार स्थानीय साधन स्रोतकेन्द्र र प्रदेशको वित्तीय स्रोत, सरोकारवाला र सहयोगी संस्थाहरुको सहकार्य समेत परिचालन गर्दै पूर्वधारमा नगरलाई समृद्ध बनाउने विर्तामोडको नीति रहेको छ ।
यसका निम्ति विर्तामोडले सडक, पुल र कलभर्ट, विद्युत, खानेपानी, ढल तथा नाला, सडक वत्ती, कर्मसियल भवन, पार्किङ, उद्यान र पार्क, बजार केन्द्र विस्तार, सार्वजनिक शौचालय, फोहोरमैला व्यवस्थापन, हरियाली तथा नगरको सौन्दर्यकरण जस्ता पूर्वाधार निर्माण गर्न तथा कृषि उद्योग र पर्यटन एवं शिक्षा स्वास्थ्य र सुचना संचारको विकास गरि संमृद्ध नगर बनाउनको निम्ती ५ वर्षे आवधिक योजना तय गरेको छ ।
विर्तामोडले नगर भित्रका सडकहरुलाई वर्गीकरण गरी सडक पीच तथा पेर्वस र अन्य सडकहरु ग्राभेल एव स्तरउन्नती गरिरहेको छ । विर्तामोड बढ्दो शहरी नगर भएता पनि यहाँका वडाहरु ६, ७, ८, ९ र १० ग्रामिण क्षेत्रमै पर्दछ । यसैले विर्तामोडले आवश्यकताका आधारमा सडकहरुलाई वर्गीकरण गरेर स्तरोन्नतीको काम गरिरहेको पाइएको छ । विर्तामोडले प्राथमिकीकरणको आधारमा पूल तथा कल्र्भट पनि निर्माण निर्माण गर्ने गरेको छ । पूर्वधारमा समृद्ध हुने लक्ष्य बोकेको विर्तामोडले पाँच वर्षभित्र वडा कार्यालयहरुसम्म पुग्ने सबै सडकहरु पीच वा पेवर्स गरिसक्ने योजना बनाएको छ । यसै गरी पी १ मा परेका महत्वपूर्ण सडकहरुमा आगामी ५ वर्ष भित्र पीच वा पेवर्स गरिसक्ने विर्तामोडको लक्ष्य छ ।
विर्तामोडमा अदुवा खोला, देउनीया खोला, घाग्रा खोला र रेखा खोला लगायतका खोलाहरुले वर्षेनी जमिन कटान गरेर किसानहरुलाई दुःख दिइरहेको समस्यालाई मध्यनजर गरेर विर्तामोडले यि खोलाहरुमा दिगो तटबन्धन गर्न नदी नियन्त्रण गर्न सम्बन्धित निकायहरु सगँको साझेदारीमा आयोजना संचालन गर्ने योजना बनाएको छ ।
विर्तामोडले आफ्नो नगरलाई ‘उज्यालो नगर’ बनाउने योजना बनाएको छ । यस योजनालाई पूरा गर्न विर्तामोडले विद्युत जडान गरिरहेका छ । साथै गर्न वाँकी रहेका घर परिवारमा विद्युत जडान गरिर्ने र थप ट्रान्सफर्मरको व्यव्सथापन गरी भोल्टेजको क्षमतामा सुधार गर्न विधुत प्राधिकरणसँग सहकार्य गरिरहेको छ ।
कृषि थोक बजारलाई व्यवस्थित गर्न समन्वय र अनुगमन गर्ने । बुधवारे हटियामा पार्किङ्ग सहितको बहुतले भवन निर्माणको सम्भाव्यता अध्ययन गरि विस्तृत परियोजना प्रस्ताव तयार गरि बुधवारे हटियालाई व्यवस्थित गर्ने लक्ष्य राखेको विर्तामोडले यसको काम सुरु गरिसकेको छ । विर्तामोड नगरपालिकाले बुधवारे हटियालाई खाली गराइसकेको छ भने बहुतले भवन निर्माणको निम्ति स्थल अध्ययनको काम सुरु भइसकेको छ ।
विर्तामोडले केन्द्रीय सरकारको सहयोगमा शहरी सडकहरु पैदलयात्रामैत्री, अपाङ्गमैत्री, साईकल लेन वनाउनका लागि फुटपाथ विस्तार गर्ने योजना बनाएको छ । विर्तामोडले आफ्नो सबै नागरिकहरुलाई विकासको अनुभूति गराउने र सबै किसिमका मानिसहरुलाई शहरमा सहजसँग हिनडुल गर्न सक्ने बनाउने यो नीति लिएको हो ।
बढ्दो शहरीकरण सँगै विर्तामोडमा पार्किङको समस्या पनि दिन प्रतिदिन बढिरहेको छ । विर्तामोड नगरपालिकाले यस समस्याको समाधानको निम्ति पनि चासो देखाएको पाइएको छ । विर्तामोडले निजी जमीन वा भवन भाडामा लिएर वा सार्वजनिक जमीन व्यवथापन गरेर निजी र सार्वजनिक साझेदारी मोडलमा पार्किङको व्यवस्थापन गर्ने योजना बनाएको छ ।
विर्तामोडले ठेक्का प्रक्रियाबाट निर्माण भईरहेका यस वर्ष सम्पन्न नभएका बहुवर्षीय योजनाहरुलाई आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरि बजेट व्यवस्थापन गर्नेछ । साथै नगर गौरवका योजनाहरु छनोट गरि प्राथमिकतामा आधारमा संघ तथा प्रदेशसँगको साझेदारीमा कार्यान्वयन गर्ने योजना बनाएको छ ।
पाँच वर्षमा १०० किलोमिटर कालोपत्रे-पेवर्स
विर्तामोड नगरपालीकाले आउँदो पाँच वर्षमा कम्तीमा एक सय किलोमिटर सडक कलोपत्रे÷पेवर्स गर्ने लक्ष्य राखेको योजना शाखा प्रमुख जय प्रसाद तिम्सिनाले जानकारी दिए । उनले वार्षिक २० किलोमिटर सडक कलोपत्रे÷पेवर्स गरेर यो लक्ष्य हासिल गर्ने दावी गरेका छन् ।
तिम्सिनाले विर्तामोडमा सबै गल्लीहरु सहित गरेर करिव चार सय ५० किलोमिटर सडक रहेका बताए । उनले अघिल्लो कार्यपालिकाको कार्यकालमा सय किलोमिटर कालोपत्रे-पेवर्स गरेको र यो पटक पनि त्यती नै काम गर्ने लक्ष्य राखेको बताए ।
विर्तामोड भौतिक पूर्वधारमा समृद्ध हुने लक्ष्यको साथ काम गरिरहेको छ । योजना शाखा प्रमुख तिम्सिनाले विर्तामोड नगरपालिकाको कुल बजेटको ८० प्रतिशत रकम विभिन्न माध्यमबाट भौतिक पूर्वधारमा छुटिएको बताएका छन् । उनले भने, ‘पूर्वधारका क्षेत्रमा नागरिकहरुको माग धेरै छ । नागरिकहरुको सबै मागलाई सम्बोधन गर्न सक्ने स्रोत त हामीसँग छैन । तर, अत्यावश्यक कामहरु भने चाँडै सम्पन्न गर्न धेरै बजेट पूर्वधारमा छुट्याएका छौं ।’
विर्तामोड नगरपालिकाले चालू आ.व ०७९÷०८० मा नगर सभाबाट पारित गरेको कुल योजनाको ९७ प्रतिशत योजनाहरु सम्झौता भइसकेको नगरपालिकाको तथ्यांकले देखाएको छ । सम्झौता भएका योजनाहरु मध्ये करिव ५५ प्रतिशत योजनाको काम सम्पन्न भइसहेको छ भने ४० प्रतिशत योजनाहरु सम्पन्न हुने अन्तिम चरणमा रहेको छ भने बाँकी रहेको ५ प्रतिशत योजनाका कामहरु चाहिँ आउँदो आर्थिक वर्षमा सम्पन्न हुने योजना शाखा प्रमुख तिम्सिनाले बताए ।
विर्तामोडको मुख्य योजना सडक कलोपत्रे, ग्राभेल, पेवर्स, पुल, कल्बर्ट र सामुदायिक भवनहरु रहेको योजना शाखा प्रमुख तिम्सिना बताउँछन् ।
विर्तामोडको नगर गौरवको योजना सैनिक–भुतेनी मार्ग संघीय सरकारको समपुरक कोष मार्फत प्राप्त दुई करोड ५० लाख लगानीमा वडा नम्बर १० मा बन्दै गरेको शाखा प्रमुख तिम्सिनाले बताए । यसैगरी प्रदेश समपूरक कोषबाट विर्ता बजारबाट जोशी मार्ग रु. एक करोड बजेटमा निर्माण हुँदैछ । साथै विर्ता बजारबाट नगर अस्पतालसम्म जाने सडक पनि कालोपत्रेको क्रममा रहेको योजना शाखा प्रमुख तिम्सिनाले बताए ।
विर्तामोडले यसै चालू आर्थिक वर्षमा नगरअस्पतालको भवन निमार्ण गरेर सेवा प्रवाह सुरु गरेको थियो भने उक्त अस्पतामा पुनः अर्को १५ करोड बजेटको अर्को भवनको शिलन्यास पनि गरिसकेको छ । सो भवन दुई वर्ष भित्र सम्पन्न हुने योजना शाखा प्रमुख तिम्सिनाले जानकारी दिए ।
विर्ता बजारमा करिब साडे ५ करोडको कृषि भवन निर्माणको क्रममा रहेको उनले जानकारी दिए । उक्त कृषि भवनको गा्रउण्ड फ्लोअर र पहिलो तला ढलाई भइसकेको छ । यस भवनलाई आउँदो आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य विर्तामोडले राखेको छ । यसैगरी विर्तामोडले भर्खरै केही समय अगाडि खाली गराएको बुधबारे हाटिया-देवी हाटमा बहुतले व्यपारिक भवन निर्माण गर्ने प्रक्रिया अगाडि बडाइसकेको उनले बताए । उक्त ठाउँको जमिको माटो परिक्षणको काम भइसकेको र चाँडै भवन निर्माणको कामको पनि प्रारम्भ गर्ने उनले जानकारी दिए ।
विर्तामोडले भौतिक पूर्वधारको विकासमा सडकलाई केन्द्रमा राखे पनि सामुदायिक अस्पतालको भवन निर्माण, विद्यालयका भवनहरुको निर्माण लगायतका काममा पनि उत्तिकै ध्यान पु¥याएको पाइएको छ । विर्तामोडले वडा नम्बर ७ को सामुदायिक अस्पतालको भवन सम्पन्न गरेर त्यहीबाट सेवा दिन सुरु गरेको छ भने अन्य सबै वडाहरुको सामुदायिक अस्पताल आफ्नै भवनबाट सञ्चालित छन् ।
यसैगरी विर्तामोडका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको चाँप बढ्न थालेसँगै विद्यालयहरुले विद्यार्थीको चाँप थेग्न सकिरहेको छैन । यस समस्यालाई मध्य नजर गरेर विर्तामोड नगरपालिकाले विद्यालयहरुको भवन निर्माणका निम्ति पनि वजेट विनियोजन गर्ने गरेको पाइएको छ । यसै चालू आर्थिक वर्षमा पनि नगरपालिकाले तीन वटा विद्यालयहरुको भवन निर्माण गरेको छ । नगरपालिकाले यो आर्थिक वर्षमा पञ्चरत्म मा.विमा दुई कोठे भवन, दुर्गा मा.वि मा चार कोठे भवन र महेन्द्र ज्योति मा.विमा चार कोठे भवन निर्माणको काम सम्पन्न गरेको छ । यसैगरी अनारमनी क्याम्पसमा छात्राको शौचालयको समेत यसै वर्ष निर्माण सम्पन्न भएको छ ।
शाखा प्रमुख तिम्सिनाले विकास निरन्तर हुने प्रक्रिया बताएका छन् । उनले विकास श्रोत अनुसार हुने भएकाले ०७४ साल पूर्व र अहिलेमा धेरै फरक भएको बताएका छन् । उनले पहिले जिल्ला विकास समितिबाट बिर्तामोड क्षेत्रमा आउने रकम भन्दा हालको बजेट धेरै ठूलो भएकाले कामहरु धेरै भइरहेको बताएका छन् । साथै उनले नागरिकका अपेक्षा असिमित हुने भएकाले हालको बजेट पनि पर्याप्त नभएको बताएका छन् । उनले नगरपालिकाबाट धेरै काम गर्नु पर्ने बाँकी रहेको बताएका छन् । उनले यि कामहरु क्रमिक रुपमा हुँदै जाने बताएका छन् ।
प्रस्तुति : गगन ढकाल