जेष्ठ ३, २०८२ शुक्रबार

झापामा पत्रकार महांघको पूर्वाग्रही शुद्धीकरण

सम्पादकीय

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले देशभर पत्रकारको सदस्यता शुद्धीकरणको अभियान सञ्चालन गरेको छ । अभियान अहिले पनि जारी छ । धेरैजसो जिल्लाहरुमा अभियान सफल बनाउन सबै पत्रकारहरुबीच साझा सहमति भयो । कतिपय जिल्लाहरुमा समस्या देखा परेको छ । झापामा पनि सदस्यता शुद्धीकरणको विषयलाई लिएर समस्या उत्पन्न भएको छ । सदस्यता शुद्धीकरणको सवालमा मापदण्डहरुको व्यवस्था मिलाइएको छ । सदस्यता शुद्धीकरण मापदण्ड – २०७९ लागु गरेको जिल्लाहरुमा समस्या आएका छैनन् । जहाँ–जहाँ महासंघले बहुमतका आधारमा बलमिच्याई गरेको छ, ति जिल्लाहरुमा समस्याहरु आएका छन् ।

पत्रकार महासंघको सदस्यता शुद्धीकरणभित्र पर्नेहरुको पत्रकारिता सक्किने होइन । सदस्यता रहनुले पत्रकारिता बच्ने वा सक्किने भन्ने सवाल नै होइन । महासंघमा बढ्दै गइरहेको गैर पत्रकारको भीड घटाउने, पत्रकारको मात्रै संस्था बनाउने भन्ने हो । पत्रकारिता मुख्य पेशा नभएकाहरुले स्वघोषणा गर्न सक्ने महासंघले केन्द्रले नै भनेको छ । सरकारी तलवी कर्मचारीदेखी राजनीतिक दलका पदाधिकारीसम्मलाई शुद्धीकरणले हटाउछ । पत्रकारितामा निष्कृयहरुको नविकरण नहुने स्पष्ट छ । तर, झापामा पत्रकार महासंघले जात्रा देखाइरहेको छ । मापदण्डको मात्रै पालना गर्ने हो भने अहिलेको समस्या आउने थिएन ।

सदस्यता शुद्धीकरणको सवालमा झापाले गरेको बद्मासी भनेको मापदण्डको अपव्याख्या हो । एउटै प्रकृतिका सदस्यहरुलाई फरक–फरक ढंगबाट परिभाषित गरेर हटाउनले पत्रकार महासंघ झापा आम पत्रकारहरुको साझा संस्था बन्न सकेन । जम्मा सदस्यहरुलाई १५ बुँदे मापदण्ड मात्रै पूर्ण पालना गरेर शुद्धीकरण गर्ने हो भने समस्या स्वतः समाधान भएर जाने थिए । क्रियाशिल पत्रकारहरुलाई पनि शुद्धीकरणका नाममा हटाइएको छ । जसले आपत्ति पनि जनाइरेहका छन् । पत्रकारको छाता संस्थामा समस्याहरुलाई बढाएर लैजानुभन्दा समाधान गरेर जानुपर्छ । त्यसको एउटै विकल्प भनेको मापदण्डको पालना हो । सबै सदस्यहरुलाई मापदण्ड बराबर लागु हुनुपर्छ ।

प्रकाशित मिति : असार १, २०८० शुक्रबार  ७ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]