जेष्ठ २, २०८२ बिहीबार

खाल्डाखुल्डीमा परिएला ख्याल गरौं

सम्पादकीय

हरेक वर्ष वर्खायाम लागेपछि खाल्डाखुल्डीमा परेर ज्यान जाने गरेको समाचार सुन्न पाइन्छ । केहि महिनाअघि भद्रपुरमा एक वुद्ध सानो खोल्सामा परेर ज्यान गुमाए । गत वर्ष भद्रपुरमा माछा पोखरीका लागि खनिएको पोखरीमा परेर एक बालकको ज्यान गयो । एक वर्ष अघि निर्माणाधिन भद्रपुर रोडमा खाल्डोमा परेर मोटरसाइकल दुर्घटना हुँँदा एक जनाको ज्यान नै गयो । बिर्तामोड मुक्ति चोक दक्षिण ५ सय मिटरमा बाटो खन्ने क्रममा छोडिएको खाल्डोमा मोटरसाइकल सहित परेका एक व्यक्तिको घण्टौपछि उद्धार भएको थियो । यस प्रकारका कयौं घटना छन् ।

वर्खायाममा बाटोमा मात्र होइन, घर आसपासका पनि रहेका पनि खाल्डाखुल्डी पुर्नुपर्छ । त्यसमा पनि ठुलो जोखिम हुन्छ । सोमवार मेचीनगरको एक विधालयको सेफ्टी ट्याङकीमा एक जना विद्यार्थी डुवे । मेचीनगर–१० धुलाबारी मोडमा ‘सानो साथी किन्डर गार्टेन’ नाम भएको मन्टेश्वरीमा पढ्ने बालक मक्किएको र पातलो प्लाईउडको पाताले छोपिएको सेफ्टी ट्यांकीमा डुबेर गम्भीर घाइते भए । तत्काल बालकको खोजी नभएको भए ठुलो दुर्घटना पनि हुन सक्थ्यो । यतातिर, विद्यालयले ध्यान नदिएको कारण दुर्घटना आइपरेको छ । घाइते बालक मेचीनगर–१० शान्तिटोल निवासी मेरिना लिम्बुकी ८ वर्षीय छोरा तान्छोक लिम्बु हुन् ।

विद्यालय जस्तो संवेदनशीलमा समेत ख्याल नगरिएको विषय थियो, यो । खाल्डाखुल्डीमा ख्याल गर्नैपर्छ । अझ वर्खायाममा भौतिक पूर्वाधारको क्षेत्रमा भएका कामहरुमा पनि खाल्डो बनाएर छोड्ने गरेको पाइन्छ । सडक, पुल, डे«न निर्माणका क्रममा भत्काइएका ठाउँहरुमा हिडडुल गर्दा सतर्कता अपनाउनुपर्छ । र, निर्माण व्यवसायीले पनि त्यस प्रकारका दुर्घटना हुन सक्ने ठाउँहरुमा सूचना बोर्ड अर्थात केहि चिह्नहरुको प्रयोग गर्नुपर्छ । सवारी साधन चलाउदा यो समयमा ख्याल गरियो भने दुर्घटनाबाट बच्न र बचाउन सकिन्छ । किनभने, अहिले माटो पनि खकुलो भएको हुन्छ ।

प्रकाशित मिति : असार २६, २०८० मंगलबार  ८ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]