ध्वनी प्रदुषण नियन्त्रणमा चासो दिऊ
सम्पादकीय
कोशी प्रदेशमा ध्वनी प्रदुषण नियन्त्रणलाई प्राथमिकताका साथ अघि बढाइएको थियो । लोकप्रिय कार्यक्रमका रुपमा रहेको ध्वनी प्रदुषण केहि दिनको चर्चापछि सेलाएको छ । गत वर्ष ट्राफिक प्रहरीले उच्च प्राथमिकता दिएको कार्यक्रम अहिले गुमनाम जस्तै भएको छ । सर्वसाधरणलाई धुँवाधुलोको पीडा बढ्दो छ । सडकमा व्यापक रुपमा धुँवा पनि सहनु परेको छ । मानव जीवनका लागि शान्त वातावरणको आवश्यक छ । मनशान्तीको लागि सुनसान वातावरणको पनि जरुरी हुन्छ । अहिले बजार क्षेत्रमा हदैंसम्म ध्वनी प्रदुषण भइरहेको छ । यसको नियमनमा चासो देखाएको पाइदैन ।
सडकमा ध्वनी प्रदुषण बजारको प्रदुषणमध्ये तेस्रोमा पर्छ । धुँवा,धुलो र ध्वनीका कारण मान्छेको जीवन अत्यास लाग्दो छ । मान्छे यहि कारण रोगी बन्दैछन् । यहि कारण मानसिक रुपमा समस्या भोगिरहेका छन् । यसको निदानको लागि कसैले चासो दिएका छैनन् । कोशी प्रदेश ध्वनी प्रदुषण मुक्त बनाउन ‘नो हर्न’ गरियो । सवारी साधनमा निषेध गर्दा पनि धेरै राहत भएको महसुस थियो । उक्त कार्यक्रमले निरन्तरता पाउन सकेन । तर, अहिले झापाको बजार क्षेत्रमा ध्वनी प्रदुषणले ठुलो स्वास्थ्य समस्या निम्त्याउने देखिएको छ । यसको नियन्त्रण गर्ने जिम्मेवारी ट्राफिक प्रहरीको हो । ट्राफिकले ध्यान दिनैपर्छ ।
झापा ट्राफिकले यो कार्यक्रमलाई अगाडि बढाउनै पर्छ । ट्राफिकको निगरानी र कडाईमा संभव हुने ध्वनी प्रदुषण नियन्त्रण संभव छ । र, ध्वनी प्रदुषण चालकको दायित्व पनि हो । आवश्यकताभन्दा धेरै ध्वनीको प्रयोग गर्दा त्यसको नोक्सानी आफुले पनि सहनुपर्छ । ध्वनी प्रदुषण नियन्त्रणका लागि साझा प्रयासको खाँचो छ । ‘नो हर्न’ अभियान कार्यान्वयन गर्न सामाजिक संघ संस्थाको पनि सहयोग लिन सकिन्छ । त्यसका लागि ट्राफिकले पहल गरोस् । सवारी साधनको हर्न, विहेबारीको म्युजिक, डिजेले सबैलाई तनाव बढाएको छ । सबैले ख्याल गरौं ।