जेष्ठ २, २०८२ बिहीबार

धेरै व्याजको लोभ परेर लगानी नडुबाऊ

सम्पादकीय
झापाको गौरादहमा लामो समयदेखि व्यापार गर्दै आएका एक जना व्यापारी अकास्मात सम्पर्क विहीन भए । गौरादह १ मा सुनचाँदी व्यवसाय गर्दै आएका सोमराज विक असार १५ गतेदेखि सम्पर्क विहीन भए । जसको मुख्य कारण थियो, व्यवहार । आर्थिक रुपमा व्यवहार विग्रिएका कारण विश्वकर्मा वडा अध्यक्षलाई जानकारी पत्र पठाएर गौरादह छोडे । सबैका विश्वास पात्र मानिएका विश्वकर्मालाई बिहीबार झापा प्रहरीले पक्राउ गर्न सफल भएको छ । मलाई नखोज्नु भन्दै हिडेको व्यक्ति भारतबाट नेपाल प्रवेश गर्दैगर्दा अन्ततःसमातिएका छन् ।

आर्थिक रुपमा ठिकैकोे व्यवहार गर्दै आएका सोमराजसँग सबैले विश्वासका कारण व्यवहार गर्दै आएका थिए । तर, विश्वकर्माले व्यवहारमा इमान्दारिता गुमाएपछि सम्पर्क विहीन भए । उनले विभिन्न व्यक्तिहरुको नगद २४ करोड चलाएर फरार भएको उजुरी परेको छ । ठगि मुद्धा दर्ता भइसकेको अवस्थामा अब कानुनी प्रक्रियाबाट उनले सजाय भोग्नु नै पर्नेछ । तर, यस प्रकारको व्यवहारमा आम नागरिक भने सचेत हुनैपर्छ । सुनचाँदीको व्यवसायी, ठुलो कारोवारी भएको नाताले ठुलै विश्वास गरेर गरिएको कारोवारले सबैलाई पश्चताप गर्न बाध्य बनाएको छ ।

पछिल्लो समय अनौपचारिक कारोवारका कारण गाउँ, समाजमा ठुलाठुला समस्या आइरहेका छन् । प्रहरी प्रशासनमा कारोवार विग्रिएका कयौं मुद्धा छन् । प्रहरी कार्यालय, अड्डा अदालतमा कारोवार विग्रिएकाहरु दिनहुँ न्यायका लागि हारगुहार गरिरहेका छन् । सरसापट दिने पनि एउटा सीमा राख्नुपर्छ । भरसक, व्यवहार गर्दा ठुलो लोभमा पर्नु हुदैन । धेरै व्याजको लोभमा परेर लगानी गर्नेहरु अहिले रुवाबासी गरेर हिडिरहेका छन् । गौरादहको घटना पनि व्याजको लोभमै लगानी गरेको देखिन्छ । धेरे कमाउने लोभमा आफ्नै लगानी असुरक्षित बनिरहेको छ । त्यसैले कसैले पनि कारोवार गर्दा स्वार्थ नराखौं । धेरै लोभमा नपरौं । व्याजको लोभमा परेर लगानी नै डुवाउनुपर्ने परिस्थितिको निर्माण नगरौं । सबैले मितव्ययी बन्ने प्रयास गरौं ।

प्रकाशित मिति : श्रावण ६, २०८० शनिबार  ७ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]