जेष्ठ २, २०८२ बिहीबार

पूर्व नाकाबाट सयमाथिको सामान भन्सार गराउनु सकारात्मक

सम्पादकीय
पूर्वी नाका काँकरभिट्टाबाट रु १०० को भन्दा बढि सामान ल्याएमा भन्सार तिर्नुपर्ने व्यवस्थालाई कार्यान्वयन गर्न थालिएको छ । साउन १ गतेबाट सुरु भएको नयाँ नियमलाई सबैले शतप्रतिशत कार्यन्वन गर्नु हितकर छ । पूर्वी नाका काँकरभिट्टा हुँदै पानीट्याङ््की, नक्सल र सिलिगुरीसम्म नेपालीहरु घरायसी सरसामान खरिद गर्न जाने गरेका छन् । घरायसी सामान ल्याउनेहरुले पनि अब सय रुपैयाँभन्दा बढि ल्याएमा भन्सार बुझाउनुपर्ने छ । भन्सार विभागको नीति अनुरुप सुरु गरिएको कामलाई सार्थक र सफल बनाउन आम नागरिक र व्यवसायीहरुको सहयोग जरुरी पर्छ ।

नेपालीहरु भारतीय बजारमा किनमेल गर्न जानुको मुख्य कारण यहाँका व्यवसायी नै हुन् । यहाँ व्यापारीहरुको मनमरीलाई काउन्टर गर्न जान थालेका उपभोक्ता नियमित गइरहेका छन् । भारतबाट विना भन्सार तस्करी गरेर ल्याइएका सामान समेत उपभोक्ताले महंगोमा खरिद गर्नुपरेपछि उपभोक्ता आफै भारतीय बजार जान थालेका हुन् । केरियर मार्फत लुकाइछिपाई ल्याइएका सामान भन्सार गरेर ल्याएर सरह मुल्य लिने व्यापारीको कारण नेपालीहरुको किनमेल भारततिर बाक्लिएको हो । यसको मुख्य दोषी व्यापारी नै हुन् । अब, व्यापारीले नै भारत जाने प्रवृत्तिलाई रोक्नुपर्छ । भारतका बजारमा पाइने सामान यहाँ दश गुणासम्म मुल्य कसिन्छ । जसका कारण उपभोक्ता मारमा परेका छन् ।

भारतीय बजारमा किनमेल बढेपछि नेपाली बजारमा सुनसान छ । नेपाली बजारमा चाम ल्याउन अब व्यापारीहरु योजनावद्ध रुपमा लाग्नैपर्छ । अब, सय रुपैयाँभन्दा बढिको भन्सार लिने भएपछि स्वभाविक रुपमा नेपालीहरु भारतमा किनमेल गर्न जादैनन् । त्यसवापत नेपाली व्यापारीहरुले पनि ठगि गर्न हुदैन । अर्को सवाल पनि उठेको छ, वारीपारी गरेर जीवन चलाइरहेकाहरु के गर्छन् भन्ने ? उनीहरुले सामान ल्याए वापत पैसा पाउने हो । सामानको भन्सार गर्नैपर्छ । भन्सार छलेर ल्याए वापात पैसा दिने काम बन्द गरौं । भन्सार तिराएर सामान ल्याए वापतको श्रमको मुल्य दिने हो भने जीवन चलाउन कत्ति पनि कठिनाई हुदैन । यसैले नाकामा थप कडाई गरियोस् । कडाईको नाममा सय केजी सुन छिराए जस्तो घटना सुन्न नपरोस् । यसका लागि सबै सरोकारवालाबीच समन्वय होस् ।

प्रकाशित मिति : श्रावण ७, २०८० आईतबार  २ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]