जेष्ठ २, २०८२ बिहीबार

सत्तामै अलमल कोशी प्रदेश

सम्पादकीय
कोशी प्रदेशको नामाकरण अन्तिममा भयो । नाम राख्ने सन्दर्भमा अन्तिम भएको कोशी प्रदेश मुख्यमन्त्री बनाउने सवालमा अगाडि छ । अहिलेका मुख्यमन्त्री उद्वव थापाले दोस्रो पटक शपथ ग्रहण गरेका छन् । राजनीतिक स्वार्थमा केन्द्रीत दलहरु सत्ता हत्याउने बाहेक अन्य ध्यानमा देखिदैनन् । आम नागरिकको जनजीवनसँग कुनै सरोकार छैन । मात्र, सत्ता प्राप्तीको लडाईले मुलुक ठिक ठाउँमा पुग्ने देखिदैन । अझ, कोशी प्रदेशलाई बेकामे नै बनाइएको छ । जनताको काम नगर्ने, सत्ता मात्रै बदल्ने प्रदेशको पहिचान बनाएको छ, कोशीले ।

संघीयतामा नागरिकले ठुलो आशा राखेका थिए । किनभने, संघीयता आएपछि नागरिकले सबै अभावहरुको समाधान हुने अपेक्षा रोखको थिए । त्यसको कारण भनेको, संघीयताबारे राम्रो जानकारी नभएर हो । तर, नेपाली नागरिकहरुले संघीय संरचनाको सुरुआती अभ्यास गरिरहेको अवस्था छ । विभिन्न किसिमका भोगाईहरु, अनुभवहरु संघीयतामा भइरहेको छ । विभिन्न कोणबाट संघीयताको औचित्यमाथि नै बहस समेत भइरहेको छ । प्रदेश संरचनामाथि लापरबाही गर्नेहरुका कारण यस प्रकारको बहस भएको हो ।

कोशी प्रदेशको राजनीतिले संघीयतामाथि नै दिक्क लाग्दो बनाएको छ । यहाँका जनता संघीय व्यवस्थाको प्रदेश संरचनाप्रति खास उत्साहित छैनन् । किनभने, यहाँ सत्ता बाहेकको काम देखिदैन । अदालतले बदर गरेको व्यक्ति फेरि सभामुखलाई राजीनामा गराएर मुख्यमन्त्रीमा नियुक्त भए । राजीनामा दिने सभामुखलाई अर्थमन्त्री बनाइदिए । सबै आफ्नै लागि मात्रै सोच्ने नेताहरुले देश र जनताको निमित्त केहि गर्छन् भन्ने अपेक्षा मर्दै गएको छ । दलका नेतृत्वहरु सच्चिन ढिलाई भइसकेको छ । संघीयतामाथि मनपरी गरेका कारण प्रदेश संरचनामाथि बढ्दै गएको छ । यो अविश्वासको अवस्थालाई बढेर जान नदेऊ ।

प्रकाशित मिति : श्रावण १८, २०८० बिहीबार  ७ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]