जेष्ठ २, २०८२ बिहीबार

कारागारभित्रको समस्या समाधान गर

सम्पादकीय
झापाको जिल्ला कारागार भद्रपुरले शुक्रवार दिउँसो सबैलाई अत्यायो । कुनै ठुलै दुर्घटनाको संकेत देखिएको थियो । एकैछिनमा आगजनी, ढुंगामुडा भएको कारागार डेढ घण्टामा मात्रै शान्त भयो । चौकीदारहरुबीचको लफडाले कारागार अशान्त बनेको थियो । तर, प्रशासनको धैर्यताले केहिबेरमा सुनसान बन्यो । झापा कारागारको यो घटनाले भित्र ठुलै समस्या रहेको स्पष्ट बनाएको छ । कारागारभित्रै जो कोहि कैदी र कैदीबन्दीहरु सजाय भुक्तान गरिरहेका छन् । सबैले कानुनी सजाय भोगिरहेको हुन्छ । एक आपसमा देखिएको यस प्रकारको लफडाले जेलभित्र जोखिम थपेको छ ।

यसै पनि कारागारभित्र एक समूहको दवदवा हुन्छ । कारागारभित्र आफ्नै शासन हुन्छ । चौकीदार र भाई चौकीदारहरुको शासनले चलेको कारागारमा सयौं कैदीबन्दीहरु भित्रकै नियममा बाँधिएका हुन्छन् । कारागार भनेको सुधार गृह हो । कुनै पनि घटनामा दोषी ठहरिएका र दोषी किटान हुन बाँकी रहेकाहरु त्यहाँभित्र बसेका हुन्छन् । शुक्रवारको घटनाले झापाको जेलभित्र अशान्ति छ भन्ने पुष्टि गरेको छ । भित्र बस्नेहरुको बीचमा विभाजन देखिएको छ । जसको परिणाम शुक्रवारको घटनामा परिणत भयो ।

लामो समय शान्त रहेको झापा कारागार एकाएक अशान्त बन्यो । भाई चौकीदारको सरुवाका विरुद्ध उठेको आवाजलाई तत्कालका लागि समाधान गरिएको छ । तर, पक्ष–विपक्षहरु एकै ठाउँ हुँदा अर्को दुर्घटना हुने संभावना बढेर गएको छ । चौकीदार र भाई चौकीदारबीचको लफडाले फेरि पनि दुर्घटनाको जोखिम भएकाले त्यसको समाधान खोज्नैपर्छ । विभागले प्रक्रिया बमोजिम नै सरुवा गर्न खोज्दा यस प्रकारको लफडा हुनु अस्वभाविक छ । यसैले सरुवा नियमित प्रक्रिया हो । एउटा व्यक्तिको निमित्त कारागारमा अशान्ति मच्चाइन्छ भने भित्र अनेक शंका गर्न सकिन्छ । प्रशासनले कारागारभित्रको समस्या तत्काल समाधान खोजेर जोखिम कम गर्न आवश्यक छ ।

प्रकाशित मिति : श्रावण २१, २०८० आईतबार  ९ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]