जेष्ठ २, २०८२ बिहीबार

स्वास्थ्य बीमाबाट तपाईको उपचारमा कति खर्च भयो ?

सम्पादकीय
देशभरका ७० लाख नागरिक स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् । सरकारी स्वास्थ्य बीमाले आम नागरिकलाई स्वास्थ्य सेवामा पुहँच पुराउने काम गरिरहेको छ । उपचार सेवा पाउन निकै कठिन भए पनि आर्थिक समस्याका कारण समस्या सहेर उपचार गर्नुपर्ने परिस्थिति छ । झापामा ढिलै सेवा सुरु भएको हो । झापामा ०७३-७४ देखि सुरु भएको स्वास्थ्य बीमा गर्नेको संख्या अहिले देश मै धेरैमा पर्छ । ७५ जिल्लामा सुरु भइसकेको स्वास्थ्य बीमा कार्यक्रमबाट वर्गीय परिवारमा ठुलो राहत पुगेको छ । तर, अझै पनि तल्लो तहका नागरिकसम्म सुविधा पुग्न सकेको छैन ।

झापामा स्वास्थ्य बीमा कार्यक्रम मार्फत २१ वटा अस्पतालबाट उपचार पाइन्छ । सरकारी र नीजि गरेर २१ वटा स्वास्थ्य संस्थाबाट जिल्लामा स्वास्थ्य सेवा दिई रहे पनि भीडभाडको अवस्था भयानक छ । ठुलो भीडभाडका कारण अस्पतालहरुमा बिमितहरु आजित छन् । उपचारमा कठिनाइका बाबजुत पनि बिमितहरु उपचार गर्न बाध्य छन् । डाक्टरले पर्याप्त समय दिदैनन् । बीमाबाट डाक्टरले लेखेको औषधिको उपलब्धता छैन । त्यै पनि नहुनु भन्दा केहि हुनुले राहत महसुस भएको छ । यो सेवालाई थप प्रभावकारी बनाउन उत्तिकै जरुरी छ ।

स्वास्थ्य बीमा गर्दा लाग्ने न्यूनतम ३५ सय रुपैया तिरेपछि १ लाख बराबरको उपचार पाइन्छ । अधिकांश बिमितको उपचारमा १ लाख खर्च हुदैन । उपचार नगरी पनि सेवाको समय सकिन्छ । समय सकिए पछि नविकरण गर्नुपर्ने नियम छ । स्वास्थ्य बीमा मार्फत उपचार गरेर झापाका अस्पतालले असार मसान्तमा मात्रै ३५ करोड भुक्तानी लिएको देखिन्छ । उपचारमा ठुलो खर्च भइरहेको यस प्रकारको तथ्याङले पनि देखाउछ । अब, बिमितले आफ्नो उपचारमा कति खर्च भयो भन्ने कुराको ख्याल गर्नुपर्छ । र, उपचारमा पाइने सेवा समय–समयमा लिई रहनुपर्छ ।

प्रकाशित मिति : श्रावण २२, २०८० सोमबार  ७ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]