जेष्ठ ४, २०८२ शनिबार

विद्या भण्डारीलाई निषेध गर्दैनौं, एमालेमा सधैँ वेलकम छ : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीति गर्न कसैले नरोक्ने बताएका छन् । कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले भण्डारीलाई एमालेमा सधैँ स्वागत रहेको बताए ।

ओलीले भने, ‘उहाँले राजनीति गर्छु भन्दा रोक्ने को हो ? कसले रोक्छ ? कसरी रोक्छ ? हामी उहाँलाई निषेध गर्दैनौं ।’

पार्टीमा काममा सक्रिय हुने चाहना देखाए कसैले निषेध नगर्ने ओलीले बैठकमा नेता–कार्यकर्तामाझ प्रष्ट्याएका छन् ।

‘उहाँलाई हामी निषेध गर्दैनौँ । उहाँ आएर राम्रो नेतृत्व गरे ठीक छ । उहाँ आउँछु त भन्नुप¥यो । उहाँलाई सधैँ वेलकम छ’, ओलीले भने ।

एमाले नेताहरूले भेट्दैमा अनावश्यक हल्ला चलाउनु राम्रो नभएको ओलीले बताएका छन् । पार्टीको पूर्वउपाध्यक्ष भएकाले भण्डारीलाई केही नेताले भेट्नु ठूलो कुरा नभएको उनले बताए ।

‘पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरूको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्ति पनि उहाँ हुनुहुन्छ । त्योभन्दा अगाडि पनि हाम्रो नजिककै मित्र हो नि । हाम्रो पार्टीको उपाध्यक्ष नै हो । हाम्रो पार्टीको आदरणीय व्यक्तित्व नै हो । त्यसैले हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरा होइन,’ ओलीले भने ।

प्रकाशित मिति : भाद्र १०, २०८० आईतबार  ५ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]