जेष्ठ २, २०८२ बिहीबार

आत्महत्या रोकथाममा चासो दिऊ

सम्पादकीय

इलामका प्रेम आचार्यले प्रतिनिधिसभाको मुल ढोकामा गत वर्ष आत्मदह गरे । उनको जीवनत्यागले धेरैको आँखा खुलेको थियो । वर्षौदेखिको संघर्षमा धोखा मात्रै खाएपछि उनले लामो विचार लेखेर आफुलाई सधैंका लागि विदा गरे । जस्तोसुकै धोका, दुख भए पनि आत्महत्या जीवनको विकल्प हुनै सक्दैन । त्यसको विकल्प भनेको जीवनमा निरन्तर संघष नै हो । यस प्रकारका कयौं घटनाहरु छन् । कतिपय बाहिर आएका छन् भने कतिपय बाहिर आएका छैनन् । विभिन्न हिसावले आफ्नो जीवन त्याग गर्ने सवाल बेठिक छ ।

मुलुकमा वर्षेनी आत्महत्याको दर बढिरहेको छ । जीवनमा निराश भएपछि कतिपयले आत्महत्याको बाटो राजेका छन् । तर, त्यो बाटो बठिक छ । त्यसले सकैका लागि पनि फाइदा गर्दैन । परिवारमा थप दुख र समस्या निम्त्याउने काम मात्र गर्छ । आत्महत्या गर्नेको संख्या युवा पुस्तामा धेरै छ । परिवारको अनावश्यक दवावका कारण ज्यान गुमाएका घटनाहरु छन् । अनावश्यक दवावका कारण मनोविज्ञानमा नकारात्मक असर पर्दछ ।जसका कारण आत्महत्याजस्तो जघन्यअपराधलाई मृत्युको रुपमा अगाल्न बाध्य हुन पुग्छन् ।

पहिला पनि आत्महत्याको प्रयास गरेको, मानसिक स्वास्थ्य समस्या जस्तै उदाशिनताको समस्या भएको व्यक्तिलाई परिवारले विशेष ख्याल गर्नुपर्छ । नजिकको आफन्त, प्रिय व्यक्ति गुमाउनु वा द्वन्द्व हुनु, शारीरिक वा मानसिक हिंसा वा दुव्र्यहारको शिकार भएको, लागुपदार्थ वा मध्यपानको समस्यामा परेको, इच्छाविपरित गर्भवति हुनुपरेको जस्ता समस्यामा परेकाहरुले गलत बाटो रोजेको पाइन्छ । त्यसलाई कुनै पनि हालतमा ठिक मान्न सकिदैन । पछिल्लो समय परिवारमा विग्रह र महत्वकांक्षा बढिरहेको पाइन्छ । व्यवहारका कारण धेरै परिवारमा समस्या छन् । सबैखाले समस्याहरुको समाधान खोज्नुपर्छ । त्यसको बदलामा थप दुख थप्न हुदैन । हरेक क्षेत्रका अगुवाले आत्महत्या न्यूनिकरणका लागि आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : भाद्र २४, २०८० आईतबार  ९ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]