बैशाख २१, २०८२ आईतबार

डेङ्गु सङ्क्रमण रोक्न रेडक्रसले थाल्यो अभियान

खाँदबारी (सङ्खुवासभा), २९ भदौ – सङ्खुवासभामा डेङ्गु सङ्क्रमण रोक्न जिल्ला रेडक्रस सोसाइटीले तीन महिने अभियान थालेको छ । जिल्लामा डेङ्गु सङ्क्रमण तीव्र गतिमा फैलिए पछि रेडक्रसले उक्त अभियान थालेको हो ।

रेडक्रसले आगामी नोभेम्बरसम्म डेङ्गुविरुद्धको अभियान सञ्चालन गरेको हो । यस क्रममा विद्यालयमा बालबालिकालाई डेङ्गुको बारेमा जानकारी दिन ‘स्कूल हेल्थ नर्स’ कार्यक्रम अघि बढाइएको जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष सरोजकुमार बज्राचार्यले जानकारी दिनुभयो । यसका साथै रेडक्रसले डेङ्गु नियन्त्रण तथा रोगथामका लागि स्वयमसेवक परिचालन तथा स्थानीय तह र स्वास्थ्य संस्थामार्फत लार्भा खोज र नष्ट अभियानसमेत थालेको छ । हिमाली जिल्लामा पनि डेङ्गु सङ्क्रमित बढेपछि रेडक्रस सोसाइटीले अभियान सुरु गरेको हो ।

सङ्खुवासभामा साउनयता डेङ्गु सङ्कमितको सङ्ख्या छ सय २५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत रोशन श्रेष्ठका अनुसार १० स्थानीय तहमध्ये आठमा डेङ्गु सङ्क्रमण फैलिएको छ । “भोटखोला र चिचिला गाउँपालिकामा मात्र डेङ्गु सङ्क्रमित देखिएका छैनन्”, उहाँले भन्नुभयो । सबैभन्दा बढी सङ्क्रमित खाँदबारी नगरपालिकामा भेटिएका छन् ।

प्रकाशित मिति : भाद्र २९, २०८० शुक्रबार  ७ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]