बैशाख २६, २०८२ शुक्रबार

बिर्तामोड-भद्रपुर रोडको काम तत्काल सूचारु गर्न सभामुखको निर्देशन

बिर्तामोड । सभामुख देवराज घिमिरेले बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माणलाई तत्काल अघि बढाउन निर्देशन दिएका छन् । आज गृह जिल्ला आएका सभामुख घिमिरेले सो सडक निर्माणमा ढिलाई भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताए ।

विभिन्न कार्यक्रममा सहभागी हुन तीन दिनका लागि झापा आएका सभामुख घिमिरेले बिर्तामोडस्थित आफ्नो सचिवालयमा साँझ पत्रकार भेटघाट गरेका छन् । पत्रकार भेटघाटमा बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माणलाई तत्काल सुचारु गर्न निर्देशन दिएको बताए । उनले निर्माण व्यवसायीले बजेट नपाएको भन्दै झुटो कुरा गरेर काम रोक्ने प्रयास गरेको बताएका छन् । बजेट हुँदाहुँदै पनि काम रोक्नु वेठिक हुने सभामुख घिमिरेको भनाई छ ।

यस्तै, अघिल्लो महिना शनिश्चरे खुदुनावारी सडक खण्डको विरिङ पुल चर्किएको घटनामा ध्यानाकर्षण भएको उनको भनाई थियो । उनले जिल्लाका विभिन्न विकासका परियोजना बारे चासो राख्दै निर्माण गर्नुपर्ने र सूचारु आयोजनाहरुको कामलाई अघि बढाइने पत्रकारहरुलाई जानकारी गराए ।

झापा क्षेत्र नं. २ बाट निर्वाचित भए पनि देशभरका नागरिकको आवाज सम्बोधन गर्ने जिम्मेवारीमा रहेको अवगत गराउँदै आफ्नो क्षेत्रको विकासलाई प्राथमिकता दिदैं जाने बताए ।

संसदमा जिम्मेवार पूर्वक ढंगबाट काम गर्दै दलहरुबीच एकता कायम गरेर जानुपर्ने दायित्व आफैसँग भएको उनको भनाई थियो । सभामुख घिमिरेले सरकारले विद्येयकहरु ल्याउँदा सरोकार पक्षहरुको पनि राय, सूझावका आधारमा ल्याउनुपर्ने धारणा राखेका छन् । पत्रकार भेटघाटमा घिमिरेले जनताप्रति सरकार गम्भीर हुन नसकेको बताए । जनताप्रति सरकारलाई गम्भीर बनाउन आफ्नो तर्फबाट मद्दत गर्ने घिमिरेको भनाई थियो ।

प्रकाशित मिति : आश्विन ८, २०८० सोमबार  ८ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]