जेष्ठ २, २०८२ बिहीबार

एमाले कोशी प्रदेशको अध्यक्षमा ढकाल र खतिवडाको उम्मेदवारी दर्ता

विराटनगर – नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्ष बन्नका लागि अहिलेसम्म दुई जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार हालसम्म मोरङका दुई जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

अध्यक्षमा विराटनगरका विनोद ढकाल र लेटाङका घनश्याम खतिवडाको उम्मेदवारी परेको छ । अन्य पदका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गरिरहेका छन् । उम्मेदवारी दर्ता भइसकेपछि आजै उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने कार्यसूची छ ।

मतदान भने भोलि बिहान ११ बजेबाट हुने छ । अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ ।

एमाले कोशीको अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार उद्धाटन गरेका थिए ।

प्रकाशित मिति : आश्विन १३, २०८० शनिबार  ६ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]