जेष्ठ २, २०८२ बिहीबार

एमाले कोशीमा मतदानको तयारी

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको अधिवेशनमा निर्वाचन हुने भएको छ । प्रदेशमा अध्यक्षका लागि मोरङको लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन् । ढकाल अहिले केन्द्रीय सदस्य छन् भने खतिवडा प्रदेशको प्रचार विभाग प्रमुख हुन् ।

निर्वाचन समितिले आजै मतदान गर्नेगरी तयारी थालेको छ । प्रमुख निर्वाचन अधिकृत चुढामणी आचार्य निर्वाचन समिति आवश्वय तयारीमा लागेको जानकारी दिँदै आज साँझ ५ बजेपछि मतदान सुरु हुने बताए ।

उपाध्यक्षमा टिकाराम चेम्जोङको एकल उम्मेदवारी परेको छ । उनी अहिलेका पनि उपाध्यक्ष हुन् । उनी निर्विरोध निर्वाचित भएपनि निर्वाचन समितिले घोषणा गर्न बाँकी छ ।

सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारी छन् । लामा प्रदेश कमिटीका निवर्तमान उपसचिव हुन भने भण्डारी पाँचथरका पूर्व जिल्ला अध्यक्ष हुन् ।

दुई उपसचिवका लागि चार जनाले मनोनयन दर्ता गरेपनि संखुवासभाका भविश्वर गुरुङले उम्मेदवारी फिर्ता लिएका छन् । उपसचिवमा मोरङका खेम नेपाली, खोटाङका देवान राई र झापाकी जलबर्षा राजवंशी छन् ।

प्रकाशित मिति : आश्विन १४, २०८० आईतबार  ४ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]