जेष्ठ २, २०८२ बिहीबार

एमाले कोशी : मतदान सकियो, दिउँसो १ बजेदेखि मतगणना

काठमाडौँ – नेकपा एमाले कोशी प्रदेशको मतदान सकिएको छ । विराटनगरस्थित होटल मनास्लु इनमा १२ गतेदेखि जारी अधिवेशनको मतदान सकिएको हो ।

आज दिउँसो १ बजेपछि मतगणना सुरु गरिने एमालेले जनाएको छ । यस्तै निर्वाचनमा ९७७ मत खसेको जनाइएको छ । अधिवेशनमा ९९७ जना मतदाता थिए । अधिवेशनमा अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा छ ।

अधिवेशनले पाँच पदाधिकारीसहित २१५ सदस्यीय समिति चयन गर्नेछ । त्यसका लागि ४ सय ५० जनाको उम्मेदवारी परेको थियो । जसमध्ये उपाध्यक्षमा टिकाराम चेम्जोङ निर्विरोध चयन भइसक्नुभएको छ ।

सचिवमा शैलेस लामा र राजकुमार भण्डारी प्रतिस्पर्धामा हुनुहुन्छ । उपसचिवमा खेम नेपाली, जलवर्षा राजवंशी र देवान राई प्रतिस्पर्धामा हुनुहुन्छ । ९९७ जना मध्ये २० जना प्रतिनिधिले मतदान नगरेको बताइएको छ ।

प्रकाशित मिति : आश्विन १५, २०८० सोमबार  ८ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]