जेष्ठ २, २०८२ बिहीबार

कोशी एमाले : खतिवडा २० मतले अगाडि

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। हिजो राती १० बजेदेखि सुरु भएको मतदान आज बिहान ५ बजेसम्ममा सकिएको थियो।

एमाले कोशीको प्रदेशको अधिवेशनको प्रारम्भिक मत परिणाममा घनश्याम खतिवडा २० मतले अगाडि देखिएका छन्। २६२ गणना गर्दा खतिवडाले १४१ मत पाउँदा अर्का उम्मेदवार विनोद ढकालले १२१ मत पाएका छन्।

मतदानपछि निर्वाचन कमिटी पदाधिकारी तथा उम्मेदवारहरु दिउँसो १ बजेपछि मतगणना गर्ने सहमति भएको थियो। तर, दिउँसो १ बजेदेखि मतगणना हुने भनिएता पनि साँझ ५ बजेदेखि मतगणना सुरू भएको हो।

सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिष्पर्धा छ । दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा छ । चारदिनदेखि नयाँ नेतृत्व चयनका लागि विराटनगर झरेको एमालेका कार्यकर्ता अब चुनावको परिणामको प्रतिक्षामा छन् ।

प्रकाशित मिति : आश्विन १५, २०८० सोमबार  ८ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]