जेष्ठ ३०, २०८२ बिहीबार

कोशीको मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरुको सनाखत भोलि

झापा । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नुपूर्व समर्थन गर्ने प्रदेश सांसदहरुको सनाखत गरिने भएको छ ।

माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसका प्रदेशसमभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । आङ्बाले कांग्रेसहित चार दलका नेताको समर्थन पेश गरेका छन् भने कार्कीले कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका छन् । मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि कार्कीलाई समर्थन गरेका ४७ प्रदेश सांसद प्रदेश प्रमुख कहाँ पुगेका थिए ।

प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्की र समर्थन गरेको दल एमालेका दलका नेता हिक्मत कार्कीलाई भेटेर भोलि हस्ताक्षर सनाखत गर्ने बताएका छन् । दुबै सकारात्मक भएका छन् ।

प्रकाशित मिति : आश्विन २६, २०८० शुक्रबार  ६ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]