जेष्ठ ३०, २०८२ बिहीबार

कोशीमा नयाँ मुख्यमन्त्रीको लागि कार्कीलाई ४७ सांसदले गरे सनाखत


विराटनगर । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको सनाखत प्रक्रिया जारी रहेको छ । केदार कार्कीलाई मुख्यमन्त्रीमा सहयोग गर्नेहरुले करिव सनाखत गरिसकेका छन् ।

एमाले र कांग्रेसका गरेर ४७ जनाले सनाखत गरिसकेको बुझिएको छ । विहान ८ बजेदेखि सनाखत सुरु भएको थियो । १२ बजेपछि इन्द्र आङ्वोका लागि सनाखत गर्नेलाई समय दिइएको छ ।

कांग्रेसमा विद्रोह गर्ने कार्कीलाई ४७ पुगेपछि आङ्वोका लागि अन्य कांग्रेस सांसदहरुले सनाखत नगर्ने बुझिएको छ ।
सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री नियुक्ति तत्काल नगर्न प्रदेश प्रमुखलाई केन्द्रबाटै दबाब दिएपछि शुक्रबारको नियुक्ति रोकिएको थियो । गठबन्धनका शीर्ष नेतृत्वको आग्रहमा प्रदेश प्रमुख परशुराम खापुङ्गले दुवै पक्षका सांसदहरूबाट सनाखत गराउने निर्णय लिएका थिए ।

प्रकाशित मिति : आश्विन २७, २०८० शनिबार  ९ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]