जेष्ठ १, २०८२ बुधबार

पाराबारी भेट्रान कपको उपाधि विर्तामोडले उचाल्यो

शिवसताक्षी । यझापाको शिवसताक्षीमा जारी झापा नगर स्तरीय पाराबारी भेट्रान क्लबको उपाधि विर्तामोड भेट्रान क्लबले उचालेको छ । उर्लाबारी भेट्रान क्लबलाई ट्राइबेकरमा हराउँदै विर्तामोड भेट्रान क्लबले उपाधि हात पारेको हो ।

खेलको २९ मिनेटमा उर्लाबारीको तर्फबाट जर्सी नं. ११ का धनबहादुर मगरले पहिलो गोल गरेर खेललाई अग्रता दिलाएका थिए । अत्यत्न प्रतिश्पर्धामक रहेको खेलको ३२ औं मिनेटमा विर्तामोडका तर्फबाट जर्सी नं. ७ का सन्तोष राईले गोल गर्न सफल भएपछि खेल बराबरीमा रहयो । निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

ट्राइबेकरमा ४ – २ गोल अन्तरले विर्तामोडले उपाधि हात पार्न सफल भयो । विजेता टिमले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे भने, उपविजेता टिमले नगद ३० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे । उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा रोषनले नगद तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

मेन अफ दी टुर्नामेन्ट विर्तामोडका केशव दाहाल, मेन अफ दी म्याचन सन्तोष राई, उत्कृष्ट गोल किप्पर रुपक गुरुङ्ग घोषित भए । सर्वाधिक गोल कर्ता उर्लाबारीका दिपक लिम्बु घोषित भए ।

फाइनल खेलको उद्घाटन झापा क्षेत्र नं. ४ का माननीय सांसद एलपी साँँवा लिम्बुले उद्घाटन गरेका थिए। उद्घाटनका क्रममा बोल्दै सांसद साँवाले पाराबारीमा यति स्तरीय फुटबल प्रतियोगिताका आयोजना गरेर पाराबारीलाई चिनाउन काम गरेको भन्दै आयोजक पाराबारी भेट्रान क्लबको प्रशंसा गरेको थिए । पाराबारीमा हाल फुटबल भएको भानु माविको खेल मैदान सुधारका लागि आफुले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । पारबारी भेट्रान क्लबले साँसद साँवालाई पारबारी खेल मैदानलाई स्तरोन्नती गर्नका लागि ज्ञपान पत्र समेत बुझाएको थियो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले स्थानीय स्तरमा खेलको विकास र प्रवद्र्धनका लागि आयोजना गरिएको फुटबल प्रतियोगितालाई नगरपालिकाको पनि सहयोग रहेको बताए । पछिल्लो समय खेल मानव जीवनमा अपरिहार्य बन्न थालेको छ । उनले भने, अहिले मानिस अन्यत्न व्यस्त जीवन व्यतित गरेकाले विभिन्न रोगहरु लाग्ने जीवन भर त्यसको उपचारमा धेरै रकम खर्चिनु पर्ने बाध्यता बनेको छ । यस्ता खेलहरु खेलेर कतिपय रोगहरुबाट मुक्ती पाउन सकिन्छ भने, खेलको मनोरन्जनले मावन स्वास्थ्यमा सुधार पनि ल्याउने नगर प्रमुख थोप्राले जानकारी दिए ।

कार्यक्रममा भेट्रान कप सम्पन्न गर्न सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको आयोजक पाराबारी भेट्रान क्लबले जनाएको छ । भेट्रान कप पाराबारी स्थित भानु माविको खेल मैदानमा सञ्चालन भएको थियो ।

प्रकाशित मिति : आश्विन ३०, २०८० मंगलबार  १० : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]