जेष्ठ २८, २०८२ मंगलबार

बिर्तामोडमा अनुगमन निरन्तर

बिर्तामोड । बिर्तामोड नगरपालिकाले बुधबार पनि बजार अनुगमन गरेको छ । चाडपर्वको बेला महंगी बढ्ने, म्याद गुज्रिएको, अखाद्य वस्तुको विक्री वितरण हुन सक्ने भएकोले अनुगमनलाई नरन्तरता दिएको नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जानकारी दिए ।

उपप्रमुख संग्रौलाको नेतृत्वमा निस्किएको अनुगमन टोलीले भद्रपुर रोडमा रहेका खाद्यन्न तथा किराना पसल, हनुमान सेन्ट्रलमा रहेको किनमेल डिपार्टमेन्ट स्टोर, लगायत कृषिथोक बजारभित्र रहेको तरकारी पसल र माछा मासु पसलको अनुगमन गरेको हो ।

टोलीले अनुगमनका क्रममा फेला पारेका म्याद गुज्रिएका सामग्री नष्ट गर्न, नगरपालिकामा व्यवसाय दर्ता तथा नविकरण गर्न र माछा मासु पसलहरुलाई सफा र स्वच्छ राख्न सुझाव दिएको छ । बुधबार भएको अनुगमनमा नगर उप प्रमुख संग्रौलासँगै वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई, कार्यपालिका सदस्य तिला गौतम, संगिता सिवा, वडा नम्बर ५ का वडा सदस्य दुर्गा प्रसाद सिवाकोटी, वडा नम्बर ४ का वडा सदस्य उमेश राउत, नगरको राजश्व शाखा प्रमुख पदम घिमिरे, कृषिथोक बजार व्यवस्थापन समिति अध्यक्ष कमल प्रसाद पौडेल, प्राविधिक दिव्या सिटौला, बिर्तामोड उद्योग वाणिज्य संघ बिर्तामोडका राजु गौतम लगायतको सहभागिता रहेको थियो । नगरपालिकाले यसअघि बिर्तामोड क्षेत्रभित्र रहेको पेट्रोल पम्प र बिर्ताबजार क्षेत्रको किराना पसल, माछा मासु पसलको अनुगमन गरेको थियो ।

प्रकाशित मिति : कार्तिक २, २०८० बिहीबार  ७ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]