जेष्ठ २८, २०८२ मंगलबार

गाडि तोडफोड गर्नेलाई कानुनी कारवाही नगरेसम्म दुर्गा प्रसाईलाई देशभर अवरोध हुन्छ : आङदेम्वे

बिर्तामोड । राष्ट्रिय युवा संघले झापाका अभियन्ता दुर्गा प्रसाईलाई इलामको एक कार्यक्रममा जान अवरोध गरेको छ । प्रसाई आज धार्मिक कार्यक्रममा सहभागी हुन इलामको दानावारी जाने तयारीमा थिए ।

गत हप्ता अर्जुनधाराको नगर अधिवेशनमा युवा संघका नेताहरुको गाडि तोडफोड भएपछि उनीहरुले प्रसाईलाई देशभर अवरोध गर्ने घोषणा गरेका थिए । सोही घोषणा बमोजिम आज अवरोध गरिएको युवा संघका केन्द्रीय सदस्य राज आङदेम्बेले जानकारी दिए । उनका अनुसार गाडि तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ गरेका प्रसाईका समर्थक भनिएका व्यक्तिलाई कानुनी कारबाही र गाडि मर्मत नगरेसम्म देशव्यापी अवरोध गरिनेछ । धार्मिक कार्यक्रम नै अवरोध गरेर बेठिक भएन भन्ने जिज्ञासामा आङदाम्बेले भने – हाम्रो अवरोध धार्मिक कार्यक्रममा होइन, मात्र दुर्गा प्रसाईलाई हो । एउटा व्यक्तिलाई अवरोध गर्दा कसरी कार्यक्रममा अवरोध हुन्छ ? उनले प्रतिप्रश्न गरे ।

युवा संघका नेता कार्यकर्ताहरुको कडा अवरोधका कारण प्रसाईँले इलाम दानाबारीको शुक्रवारेमा दुर्गा माताको मूर्ति प्रतिस्थापन गर्ने कार्यक्रम स्थगित गरेका हुन् । दानाबारीमा निर्माण गरिएको दुर्गा मन्दिरमा ९ दिनसम्म पुराण लगाएर आज फूलपातीका दिन प्रसाईँले दुर्गा माताको मूर्ति प्रतिस्थापन गर्न लागेका थिए । हरेक वर्ष प्रसाईले दुर्गा माताको मुर्ति विभिन्न मन्दिरहरुमा प्रतिस्थापन गर्दै आएका छन् ।

दानाबारी जाने मुख्य सडकको सुखानीमा युवा संघका कार्यकर्ताहरूले बिहानैदेखि अवरोध गरेपछि सुरक्षाका कारण कार्यक्रम नै स्थगित गरिएको छ । २५ लाखको लागतमा निर्माण गरेको मूर्ति प्रतिस्थापन गर्न खोज्दा एमालेले अवरोध गरेर राम्रो नगरेको प्रसाईँले प्रतिक्रिया दिएका छन् । उनले अब त्यस मन्दिरमा मूर्ति नराख्ने बताएका छन् ।

उनले सहयोगका लागि दुर्गा माताको दुई वटा मूर्ति निर्माण गरेका थिए । एउटा इलामको दानावारी र अर्को झापाको गौरादहका लागि । उनले दशै पछाडि गौरादहमा दुर्गा माताको मूर्ति सहयोग गर्ने बताइएको छ । दुई साताअघि काठमाडौँमा प्रसाईँलाई मोसो दलेपछि युवा संघ र प्रसाईबीच द्वन्द्व सुरु भएको छ ।
दुवै पक्षलाई समस्या समाधान गरेर अघि बढ्न सर्वसाधरणले सूझाव दिएका छन् ।

प्रकाशित मिति : कार्तिक ४, २०८० शनिबार  ८ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]