बैशाख २७, २०८२ शनिबार

चिल्लागढधाममा १ लाख ८ हजार १०८ दीप प्रज्ज्वलन गरी फाल्गुनन्दको शालिक अनावरण गर्ने

शिवसताक्षी । झापाको ऐतिहासिक तथा धार्मिक क्षेत्र चिल्लागढ धाममा राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङदेनको १३९ जन्म जयन्ती मनाइने भएको छ ।

शिवसताक्षी ९ स्थित कनकाई माईको किनारमा रहेको धार्मिक क्षेत्र चिल्लागढ धाममा यही कार्तिक २५ गते राष्ट्रिय विभुति फल्गुनन्दको शालिक अनावर गर्दै जन्म जयन्ती मनाइने पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहालको बाहुलीबाट उद्घाटन गरिने आयोजक किराँत धर्म साहित्य उत्थान संघले जनाएको छ ।

कार्तिक २२ गते कनकाई नदिमा साक्मुरा (गालश्राप) बनाउने, २३ गते येत नाम्थुङ लाधुङसेमी सेवाको लागि पूर्व तयारी गर्ने, २४ गते सत्य अहिंसा विश्व शान्ति ता चराचर सकल प्राणीहरुको रक्षार्थ अष्टम यज्ञ होमआदि गरिने र २५ गते १ लाख ८ हजार १०८ दिप प्रज्ज्वलन गरी किराँत धर्म गुरुबाट फाल्गुनन्दको शालिक अनावरण गरिने किराँत धर्म साहित्य उत्थान संघ केन्द्रीय अध्यक्ष डिकेन्द्र सिंह थेगिमले जानकारी दिए ।

कार्यक्रममा पुस्तक तथा पत्रपत्रिकाको विमोचन, स्थानीय लोक नृत्य, झाँकी प्रदर्शन समेत गरिने कार्यक्रम रहेको आयोजना चिल्लागढ धाम पर्यटन विकास समितिका अध्यक्ष शिशिर तुम्बापोले बताए । उनले चिल्लागढ धामको व्यापक प्रचार प्रसार गरी धामको इतिहास र महिमा विश्व सामु पु¥याउन पनि राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा भुटान, अमेरिका, बर्मा, सिक्किम, अष्ट्रेलिया, हङकङबाट प्रतिनिधिका रुपमा र नेपालभरबाट गरी १० हजार बढी भक्तजनहरुको उपस्थित गराउने लक्ष्य लिएको आयोजकले जनाएको छ ।

कार्यक्रम सम्पन्न गर्न अनुमानित ३० लाख रकम लाग्ने मुल आयोजक समितिका सचिव चन्द्र लिङदेनले जानकारी दिए । उनले शिवसताक्षी नगरपालिका, नगरका ११ वटै वडा र झापा जिल्लाका अन्य पालिकाहरुको सहयोगको अपेक्षा गरिएको बताए । अन्य रकम भक्तजन र देश विदेशमा रहेका सहयोगी दाताहरुबाट संकलन गरिने समेत उनले जानकारी दिए ।

चिल्ल्लागढमा निर्माण भएको फाल्गुनन्द पूर्णकदका शालिक ५० लाखको लागतमा निर्माण गरिएको चिल्लागढधाम धार्मिक तथा पर्यटन विकास समितिले जनाएको छ । जसमा पूर्णकदको ढुंगाका शालिक र शालिक राख्ने स्थान गृल लगायतका संरचना निर्माण गरिएको छ ।

प्रकाशित मिति : कार्तिक १२, २०८० आईतबार  ९ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]