जेष्ठ १, २०८२ बुधबार

नेपाल आईसीसी टी-२० विश्वकपमा छनोट

काठमाडौं । आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकाले संयुक्त आयोजना गर्ने आईसीसी टी-२० विश्वकपमा छनोट भएको छ । एसियाली छनोटमा शुक्रबार यूएईलाई हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको हो ।

नेपालले सन् २०१४ मा पहिलो र अन्तिम पटक टी-२० विश्वकप खेलेको थियो । नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म खेलेको यही एकमात्र विश्वकप हो ।

आगामी टी-२० विश्वकप जुन ३ देखि ३० तारिखसम्म आयोजना हुँदैछ । प्रतियोगितामा १२ टेस्ट र ८ एसोसिएट टोली सहभागी हुनेछन् ।

मूलपानी क्रिकेट मैदानमा भएको एसियाली छनोटको सेमिफाइनलमा नेपालले यूएईविरुद्ध शानदार बलिङ गर्दै जीतको आधार तयार गरेको थियो । टस जितेर ब्याटिङ थालेको यूएईले केवल १३५ रनको लक्ष्य दिएको थियो ।

नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍याे । नेपालका लागि आसिफ शेखले अर्धशतकीय पाली खेले । उनले अविजित ६३ रन जोडे । रोहित पौडेलले अविजित ३५ , गुल्सन झाले २२ र कुशल भुर्तेलले ११ रन बनाए । २६ रनमा पहिलो विकेट गुमाएको नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान आसिफले गुल्सनसँग दोस्रो विकेटका लागि ४१ र रोहितसँग तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए ।

त्यसअघि यूएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोडेकाे थियाे । यूएईका भृत्य अरविन्दले ६४ रन बनाए । मुहम्मद वासिमले २६, एलिसान सराफुले १६, आसिफ खानले १३, खालिद शाहले ३ र अलि नासिरले ४ रन जोडे ।

प्रकाशित मिति : कार्तिक १७, २०८० शुक्रबार  २ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]