जेष्ठ २७, २०८२ सोमबार

सहकारी अभियान्ता प्रधानांग र पत्रकार न्यौपाने पुरस्कृत

बिर्तामोड । सहकारी अभियान्ता एवम् विज्ञ कैलाशभक्त प्रधानांग सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाबाट पुरस्कृत भएका छन् । यस्तै, सहाराले पत्रकार सन्तोष न्यौपानेलाई पुरस्कृत गरेको छ ।

प्रधानांगले प्राप्त गरेको पुरस्कारको नगद राशी एक लाख एक हजार र पत्रकार न्यौपानेले प्राप्त गरेको पुरस्कारको नगदराशी २५ हजार रहेको छ ।

सभामुख देबराज घिमिरेले प्रधानांगलाई ‘राष्ट्रिय व्यक्तित्व पुरस्कार’ र पत्रकार सन्तोष न्यौपानेलाई उत्कृष्ट सहारा पत्रकारिता पुरस्कारबाट सम्मानित गरेका हुन् ।

भक्तपुर निवासी प्रधानांगले नेपालको सहकारी आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याए वापत पुरस्कृत गरेको सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिए ।

सहाराले २७ औं वार्षिक साधारणसभाको माइन्यूट प्रमाणिकरण कार्यक्रमको अवसरमा पुरस्कृत गरेको हो ।

प्रकाशित मिति : कार्तिक १८, २०८० शनिबार  ७ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]